भिमटार, बाल विवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सिन्धुपाल्चाेककाे इन्द्रावती १२ मा सम्पन्न भएकाे छ । इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शाेभना तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
रेष्ट पैरवी समूह सिन्धुपाल्चाेककाे आयाेजना, ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी जिल्ला कार्यालय सिन्धुपाल्चाेककाे सहयाेग र ईन्द्रावती १२ र भिमेश्वरी माविकाे समन्वयमा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा स्वैच्छिक रूपमा हुने बाल विवाहका कारणहरू, अभिभावककाे रूचिमा हुने विवाह, बाल विवाहले निम्त्याउने समस्या, बाल विवाह राेकथामका उपायहरू, मुलुकी अपराध संहिता ऐन २०७४ काे बारेमा जानकारी दिइएकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै ईन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शाेभना तामाङले बालविवाह गर्नु अपराध भएकाे बताउनुभयाे । महिलाहरू २० बर्ष नपुगी विवाह गर्दा अपरिपक्व हुने भएकाले शारिरिक, सामाजिक र पारिवारिक रूपमा पनि विविध समस्याहरू उत्पन्न हुने उहाँकाे भनाई छ । वालविवाह न्युनिकरण गर्नकाे लागि गाउँपालिकाले सहयाेग गर्ने उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा मन्तव्य राख्दै रेष्ट पैरवि समूह सिन्धुपाल्चाेकका अध्यक्ष यक्ष प्रसाद दंगालले आमा वावुले निगरानी गर्न नसकेका बालबालिकाले वालविवाह गर्ने दर उच्च रहेकाे बताउनुभयाे । बालविवाह राेकथामकाे लागि अझ सशक्त रूपमा कार्यक्रमहरू गर्ने उहाँकाे भनाई छ ।
कार्यक्रममा मन्तव्य राख्दै रेष्टका जिल्ला संयाेजक कुमार भट्टराईले हेलम्बु देखि त्रिपुरासम्म रेष्टले काम गरिरहेकाे जानकारी दिनुभयाे । ७६ विद्यालयमा रेष्टले कार्यक्रम गरिरहेकाे उहाँकाे भनाई छ । बालविवाह न्युनिकरण, बृक्षाराेपण जस्ता कामहरू गर्दै आएकाे उहाँले बताउनुभयाे । यश बर्ष रेष्टले १३ सय बढि विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे भट्टराईले बताउनुभयाे ।
भिमेश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद श्रेष्ठ बालविवाह नेपालकाे डरलाग्दाे चित्रकाे रूपमा रहेकाे बताउनुभयाे । भिमटार आर्थिक र सामाजिक रूपमा पिछडिएकाे वर्ग बसाेवास गर्ने ठाउँ भएकाले बालविवाहकाे दर उच्च रहेकाे उहाँकाे भनाई छ । बालबालिकाले आफै चाहेर धेरै वालविवाह हुने गरेकाे उहाँले बताउनुभयाे ।
कार्यक्रममा ईन्द्रावती गाउँपालिकाका राेजगार शाखाका प्रमुख अग्नि दनुवारले भिमटारमा शिमान्तकृत समुदाय बसाेबास गर्ने गरेकाे र यश वडामा बाल विवाहकाे दर उच्च रहेकाे जानकारी दिनुभयाे । नेपालकाे संविधानले बालबालिकालाई माैलिक हककाे व्यवस्था गरेकाे जानकारी खिँदै मुलुकी देवानी संहितामा बाल विवाह गर्नेलाई कैदकाे व्यवस्था गरिएकाे बताउनुभयाे । अहिले पढाईमा फाेकस गर्ने बेला भएकाे भन्दै बालविवाह नगर्न सुझाव दिनुभयाे ।
कार्यक्रममा रेष्टका जिल्ला संयाेजक कुमार भट्टराई, रेष्ट पैरवि समूह सिन्धुपाल्चाेकका अध्यक्ष यक्ष प्रसाद दंगाल, भिमेश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद श्रेष्ठ, ईन्द्रावती गाउँपालिकाका राेजगार शाखाका प्रमुख अग्नि दनुवार, रेष्ट पैरवी समूह सिन्धुपाल्चाेकका प्रतिनिधि जगन्नाथ रिजाल, ढाेटार आविका प्रधानाध्यापक राजन रत्न दनुवार, टाकुरे आविका शिक्षक रेवतीरमण काेइराला लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा भिमेश्वरी माविका कक्षा ९ र १० का छात्राहरूकाे सहभागीता रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण रेष्ट पैरवी समूह सिन्धुपाल्चाेकका प्रतिनिधि जगन्नाथ रिजालले गर्नुभएकाे थियाे ।

