नवलपुर , लागु औषध दुरूपयाेग एवम् ओसारपसार विरूद्वकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम भएकाे छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असार ६ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालकाे अध्यक्षता र गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेककाे असार ५ गतेकाे निर्णय लागू गर्ने सम्बन्धमा साे कार्यक्रम गरिएकाे गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिनुभयाे । असार ६ गते देखि १२ सम्म सप्ताहव्यापी रूपमा दिवस मनाउने अध्यक्ष नेपालले बताउनुभयाे ।
अन्तर्राष्ट्रिय दिवसलाई सफल पार्नकाे लागि याे कार्यक्रम गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालले जानकारी दिनुभयाे । कार्यक्रममा ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख मधु खड्का, गाउँपालिकाका शाखा प्रमुखहरू, पत्रकार लगायतकाे सहभागीता रहेकाे थियाे ।

