स्थानीय बालअधिकार समितिको क्षमता विकास तालिम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

स्थानीय बालअधिकार समिति हेलम्बु र बलेफीका पदाधिकारीहरुको लागि क्षमता विकास तालिम यहि २०८२ असार १ र २ गते धुलिखेलमा सम्पन्न भएको छ । समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) को आयोजना सम्पन्न भएको उक्त तालिममा हेलम्बु र बलेफी गाउँपालिका का उपाध्यक्षको नेतृत्वमा जनप्रतिनिधीहरु, महिला बालबालिका, शिक्षा, स्वास्थ्य शाखका प्रमूखहरु, शिक्षक, बालबालिका, सुरक्षा निकाय र संचारकर्मीहरुसहित २९ जनाको सहभागिता रहेको थियो भने सो कार्यक्रमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषदको तर्फबाट रामबहादुर चन्द र लोचन रेग्मीले गर्नुभएको थियो ।

तालिममा बालअधिकार, संवैधानिक तथा कानुनी व्यवस्था, स्थानीय तहमा बालअधिकारको मापदण्डहरु, बालसंरक्षण, बालअधिकार उलंघन घटनाको अध्ययन, घटना व्यवस्थापन ताथ बाल न्याय संंग सम्बन्धित विषयबस्तुहरुमा छलफल भएको कुरा सिविसका कार्यक्रम संयोजक हर्क तामाङले बताउनु भयो ।

तालिमको समापन समारोहका प्रमूख अतिथीको आसनबाट बोल्नु हुदै राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव इन्दिरा देवी ढकालले बालअधिकारको सवाल सर्वव्यापी सवाल रहेकोले यसमा राज्यको मात्रै पहलकदमी पुर्ण हुन नसक्ने भएकोले सामाजिक संघ संस्थारु, नागरिक समुदाय र हरेक व्यक्तिबाट समेत सकारात्मक सहकार्य हुन जरुरी रहेको बताउनु भयो । बालअधिकार सवैको सरोकार भन्ने मर्मलाई व्यवाहारिक रुपमै कार्यान्वयन गर्न परिषदले नेपाल प्रहरी संगको सहकार्यका खोजतलास केन्द्रका संचालन तथा नागरीक संगठनहरुको सहकार्यमा हटलाईन सेवा (१०९८) संचालन गरिरहेको बताउनु भयो । यसै गरी परिषदले मौजुदा कानुनको कार्यान्वयनमा सहज बनाउन संघ, प्रदेश र स्थानीय तहमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको समेत बताउनु भयो ।

समापन समारोहमा समापन धन्यवाद ज्ञापन तथा समापन मन्तव्य राख्नु हुदै सिविसका महासचिब अनिता पाण्डेले हेलम्बु र बलेफी गाउँपालिकासंगको समन्वयमा स्थानीय बाल संरक्षण नीति तयारी तथा स्थानीय बालअधिकार समितिको गठन एबं क्षमता विकासमा साझेदारीता गर्न पाएकोमा संस्था खुसी रहेको र आगामी दिनमा राम्रा अभ्यासहरुलाई स्थानीय सरकारले निरन्तरता दिनुपर्ने कुरा बताउनु भयो ।

Leave a Reply