ईन्द्रावती गाउँपालिकामा आर्थिक बर्ष २०८२/०८३ को बजेट नीति तथा कार्यक्रम निर्माणको सम्बन्धमा सुझाव संकलन सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले सुझाव संकलन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी तथा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले सुझावहरुलाई कार्यान्वयन गर्ने बताउनुभएको छ । संघ तथा प्रदेश सरकारले अनुदान कटौती गर्दा बजेटको आकार सानो हुंदै गएको उहाँले बताउनुभयो । साना तथा टुक्रेयोजनाहरुलाई कम गदैृ जाने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । कानुनी जटिलताका कारण पनि योजनाहरु छिटो कार्यान्वयन हुन नसकेको उहाँको भनाई थियो । आन्तरीक श्रोत बृद्धी गर्न पालिकाले काम गरीरहेको उहाँले जानकारी दिनुभयो । अनुउत्पादक क्षेत्रको बजेट बिस्तारै कटौती गर्दै लाने उहाँको धारणा थियो । पालिकामा आगामि बर्ष ३० लाख लिटर दुध उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष नेपालको भनाई थियो । पालिकालाई समृद्ध बनाउन सबै एकै ठाँउमा उभिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी तथा पुर्व गाउँपालिका अध्यक्ष वंशलाल तामाङले स्थानिय तह प्रतिपक्ष विहिन र दल विहीन जनप्रतिनिधीहरुको संस्था भएकाले सहमती र सहकार्यमा काम गर्नुपर्ने बताउनुभयो । कर्मचारी संयन्त्रको मनोवल उच्च राखेर काम गर्न उहाँले सुझाव दिनुभयो । यस बर्षको नीति तथा कार्यक्रममा युवा स्वरोजगारलाई विषेश प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । स्थानिय तहप्रति जनताको दृष्टिकोण के छ त्यो महत्वपुर्ण कुरा भएको तामाङले बताउनुभयो । परीणाममूखि काम नै जनताको चासोभित्र पर्ने उहाँको भनाई थियो । शैक्ष्कि सुधारका लागि विद्यालयहरुको संख्या घटाँउदै लैजानुपर्ने उहाँले बताउनुभयो । साथै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । आन्तरीक तथा बाह्य पर्यटनका लागि शंरचनाहरु तयार गर्नुपर्ने तामाङले बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटी उपसचिव शिवहरी सापकोटाले स्थानिय तहमा सबै दलहरु मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । निति तथा कार्यक्रम कार्यान्वयनमा क्रियासिल भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । व्यावसायीक व्यक्तिहरुलाई पालिकामा फर्काई प्रोत्साहन गर्न उहाँले सुझाव दिनुभयो ।
नेपालि काँग्रेस ईन्द्रावती गाँउपालिकाका सभापती जिवन कुमार थापामगरले नेतृत्वमा हुनेले अभिभावकत्व सम्हाल्नुपर्ने बताउनुभयो । योजनाहरु समयमै कार्यान्वयन गराउन उहाँले सुझाव दिनुभयो । जेष्ठ नागरीकहरुका लागि आवश्यक संरचना तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रोजगारी सृजनालाई पहीलो प्राथमिकतामा राखेर काम गर्न उहाँले सुझाव दिनुभएको थियो । साथै पालिकाको उत्पादनलाई ब्राण्डीङ्ग गरेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमाले ईन्द्रावती गाउँ कमिटी अध्यक्ष डबले लामाले स्थानिय तहमा संघिय र प्रदेशको समपुरक अनुदान कम हुँदा पालिकाको बजेर आकार सानो भएको बताउनुभयो । गाउँपालिकाका अघिल्ला अध्यक्षले सुरु गरेका कामहरुले निरन्तरता पाएको उहाँले जानकारी दिनुभयो । पालिकालाई समृद्ध बनाउन सबै दलको उत्तिकै भूमिका रहेको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र ईन्द्रावती गाउँपालिका अध्यक्ष देवेन्द्र दाहालले ४ बर्षको निति कार्यक्रमको समिक्षा गर्नुपर्ने बताउनुभएको छ । वर्तमानको समिक्षा र भविश्यको योजना बनाई अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । ईन्द्रावतीमा साझेदार संघसंस्थाले गरेका कामहरुको पनि समिक्षा गर्ने बेला भएको उहाँले बताउनुभयो । साथै बजेट तथा योजनाहरु जसको पहलमा भएको छ उसलाई पनि श्रेय दिनुपर्ने उहाँले बताउनुभयो । बिकास गर्ने कुरामा प्रतिशोध साँध्न नहुने उहाँको धारणा थियो । हामी उद्योग धन्दा सञ्चालनलाई प्रोत्साहन गर्नुका साथै अबैधानिक तरिकाले चलेका उद्योगहरु बन्द गर्नुपर्ने दाहालले बताउनुभयो । प्रत्येक टोलमा १२ महिना एम्बुलेन्स चल्ने अवस्था बनाई विद्यालय वरपर ईन्टरनेट चल्ने वातावरण बनाउन उहाँले सुझाव दिनुभयो । सुशासनयुक्त सरकार बनाउने हो भने सबैलाई करको दायरामा ल्याउन जरूरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रीय स्वतन्त्र पार्टीका संगठन विभाग प्रमुख कृष्ण बानिँया, राष्ट्रीय प्रजातन्त्र पार्टीका सचिव भुपेन्द्र बानिँया, नेकपा एकिकृत समाजवादीा जिल्ला उपाध्यक्ष ईश्वरी प्रसाद अधिकारी र पुर्व वडा अध्यक्ष विर बहादुर तामाङले आफ्नो भनाई तथा सुझावहरु राख्नुभएको थियो । कार्यक्रम नीति तथा कार्यक्रम कार्यदलका संयोजक शशिनाथ आचार्यको अध्यक्षतामा सम्पन भएको हो ।
























