बाह्रविसे, मेलम्ची र चौतारामा डाक्टर सहित स्वास्थ्य सामाग्री पठाएको छु : मन्त्री बस्नेत

रेडियो मिसन ।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जिल्लाका बिभिन्न स्थानमा रहेको अस्पतालको लागी डाक्टर सहित औषधीको ब्यस्था गरेको बताउनुभएको छ । बाह्रविसे नगरपालिका द्वारा आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथी रहनुभएका मन्त्री बस्नेतले बाह्रविसे, मेलम्ची र चौतारा लगायतका अस्पतालमा डाक्टर पठाएको र डाक्टर मात्रै नभई धेरै स्वास्थ्य सामाग्रीको समेत ब्यवस्था गरेको बताउनुभएको […]

Continue Reading

सवारी दुर्घटनामा अनेरास्ववियुका जिल्ला सह संयोजक र सदस्यको निधन

रेडियो मिसन । सवारी दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अनेरास्ववियुका दुई नेताको निधन भएको । अनेरास्ववियुका सिन्धुपाल्चोकका सह संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ बलेफिमा भएको वाइक दुर्घटनामा परी निधन भएको अनेरास्ववियुले जानकारी दिएको छ । संगठनको कामको शिलामा बाह्रबिसे जाँदै गर्दा उनीहरू दुर्घटनामा परेका हुन् । शनिवार आज दिउँसो करिव १ बजेर २० […]

Continue Reading

इन्द्रावतीमा महिला सञ्जाल भेला तथा तिज बिशेष दरखाने कार्यक्रम सम्पन्न

कामा महिला सञ्जाल भेला तथा जनचेतनामुलक तिज कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजनामा इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङको सभापतित्व र गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा कार्यक्रमका सभापति सोभना तामाङले महिला हक अधिकारका दिलाउनका लागी गाउँपालिका सँधै तत्पर रहेको बताउनुभएको छ । त्यसका लागी महिला आफैले पनि […]

Continue Reading

नवलपुर भ्याली स्कुलले र्याली सहित राष्ट्रिय बाल दिवस मनायो

रेडियो मिसन ।राष्ट्रिय बाल दिवस नवलपुर भ्याली स्कुलले बिशेष कार्यक्रम गरी मनाएको छ । स्कुलले र्याली सहित बिबिध साँस्कृकि कार्यक्रम तथा पुरष्कार बितरण गरी मनाएको हो । बिद्यालयले बालमैत्री शासन बाल अधिकारको सम्मान, बालबालिकामा लगानी सुनिश्चित भबिष्यको थालनी लगायतका प्लेकार्ड सहित बिद्यालय देखी गाउँपालिका भवनसम्म र्याली निकालिएको थियो । बिद्यार्थी शिक्षक अबिभावक लगायतको सहभागी र्याली […]

Continue Reading

वर्षाका कारण बिग्रिएको मेलम्ची-तालामाराङ सडक मर्मत कार्य थालियो

रेडियो मिसन । मेलम्ची हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची नगरपालिका भित्रपर्ने मेलम्ची-तालामाराङ सडक मर्मत संभारको काम सुरु भएको छ । बर्षाका कारण हिलो, खाल्डाखुल्डी र सडकमा गेग्रिन जमेर आवतजावतमा समस्या भएको गुनासो आएपछि नगरप्रमुख आइतमान तामाङ,प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, योजना शाखाका प्रमुख रामकुमार केसी, इन्जिनियर शंकर गिरी लगायतले आज सो सडकको अनुगमन गर्नुभएको थियो । […]

Continue Reading

अस्पताल व्यवस्थित गर्न मन्त्रालयद्वारा अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

रेडियो मिसन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ ।सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको बताउनुभयो । अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक […]

Continue Reading

मेलम्ची नगरपालिकाद्धारा छिमेकी पालिका (हेलम्बु र पाँचपोखरी) लाई १०/१० लाख सहयोग हस्तान्तरण

मेलम्ची नगरपालिकाले बाढी प्रभावित छिमेकी पालिका हेलम्बु र पाँचपोखरी थाङपाललाई रु १०/१० लाखका दरले सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भाद्र १९ गते कार्यपालिकाबाट घोषित सहयोग आज (मंगलबार) पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई चेक हस्तान्तरण गर्नुभएको हो । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने व्यस्तता कारण अनुपस्थित […]

Continue Reading

वी पी जन्म जयन्तीकाे अवसरमा इन्द्रावती ४ मा ४५ जनाले गरे रक्तदान

नवलपुर, इन्द्रावती गाउँपालिका वडा नं ४ मा खुल्ला रक्तदान कार्यक्रम गरिएकाे छ । नेपाली कांग्रेस इन्द्रावती ४ कार्यसमितिकाे अायाेजनामा नवलपुर प्राथमिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएकाे हाे । नेपाल रेडक्रस साेसाइटी नवलपुर उपशाखाकाे सहयाेगमा रक्तदान कार्यक्रम गरिएकाे नेपाल रेडक्रस साेसाइटी केन्द्रीय सदस्य राजेन्द्रमान ताल्चाभडेलले जानकारी दिनुभयाे । आज भएकाे रक्तदान कार्यक्रममा ४५ जनाले रगतदान गरेका छन […]

Continue Reading

वडा कार्यालय पायक पर्ने स्थानमा बनाउन माग गर्दै इन्द्रावती ३ लाई वडावासीको ज्ञापनपत्र 

कुञ्चोक, इन्द्रावती गाउँपालिका वडा नं ३ को कार्यालय निर्माणको विषय यतिबेला चर्चामा रहेको छ । इन्द्रावती गाउँपालिका वडा नं ३ का नागरिकको भावना विपरित वडा कार्यालय नागरिकको लागी अपायक स्थानमा बनाउन लागेको भन्दै सयौँको सङ्ख्यामा स्थानीयले वडा कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै वडा नं ३ का नागरिकहरूले चालु वर्षको बजेट अधिवेशनमा वडा […]

Continue Reading

इन्द्रावती साना किसान सहकारीको नवलपुरमा कार्यालय उद्घाटन 

इन्द्रावती साना किसान कृषि सहकारीले नवलपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ । आज एक कार्यक्रमका बिच नवलपुर बजारमा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले रिबन काटेर उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले “गन्तव्य स्वरोजगारीको, अभियान सहकारीको” भन्ने मूल नाराका साथ काम गरिरहेका सहकारी मुलुकको अर्थतन्त्रको मेरुदण्ड रुपमा रहेको बताउनुभयो । मुलुकको […]

Continue Reading