आर्थिक वर्षको अन्तिममा परिणाम आउनेगरी काम गरिरहेको बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङले बताउनुभएकाे छ ।
हेलम्बु स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा आफ्नो भनाई राख्दै तामाङले चुनावी प्रतिवद्धताहरू पूरा गर्न शुरु गरिसकेकाे बताउनुभयो । निर्वाचित भएको १ वर्षमा आफ्नो क्षेत्रकाे प्रत्येक वडामा ३,४ करोड बजेट ल्याउन सफल भएको उहाँले दावी गर्नुभयाे ।
“चुनाव जितेपछि के गर्यो भन्नी लाग्ला । यो आर्थिक वर्षको अन्तिममा नतिजा आउनेगरी काम गरिरहेका छाैँ”, तामाङले भने । माघ देखि तिव्र गतिमा काम शुरु भएको बताउँदै यश वर्ष बजेट नपरेको ठाउँमा अर्को वर्ष बजेट विनियोजन गर्ने तामाङले प्रतिबद्धता व्यक्त गरे । “५ वर्ष भित्र सबै प्रतिबद्धता पूरा गरेर छाेड्नेछु”, उहाँले भन्नुभयाे ।
ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा नागरिक स्तर बाट बनेकाे र याे देशकै नमुना गुम्बा हुनसक्ने तामाङले आँकलन गर्नुभयाे ।