हेलम्बु गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्षमा सुनिल तामाङलाई नियुक्त गरीएकाे छ । आज तामाङलाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाे नेतृत्वमा तामाङलाई नियुक्ति पत्र हस्तान्तरण गरीएकाे हाे ।
गाउँपालिकाले मिति २०८१/०७/०७ गते प्रकाशित सूचना तथा गाउँपालिकाको खेलकुद विकास समिति गठन तथा क्रियाकलाप सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ बमोजिम ४ (चार) वर्षको लागि यस गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति २०८१/०८/१७ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार तामाङलाई गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्ति गरिएको हाे ।
गाउँपालिकाको खेलकुद विकास समिति गठन तथा क्रियाकलाप सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ तथा प्रचलित नियम कानुनको अधिनमा रही खेलकुद गतिविधि तथा क्रियाकलापहरु सञ्चालन तथा व्यवस्थापन गरी यस गाउँपालिकाको खेलकुदको विकास तथा उन्नयनमा प्रभावकारी भूमिका रहने गाउँपालिकाले विश्वास लिएको छ ।
तामाङले यसअघी पनि पालिकामा हुने खेलकुद गतिविधीहरुमा सक्रीएता देखाँउदै आउनुभएकाे छ ।