पाँचपोखरी टी–२० क्रिकेटका लागी मेलम्चीद्वारा खेलाडी छनोट : काे काे छन टिममा

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको लागी मेलम्ची नगरपालिकाको टिम घोषणा भएको छ । 

यही फागुन १२ देखि १९ सम्म मूलपानी तल्लो क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको लागी मेलम्ची नगरपालिकाको खेलाडी छनोट भएको खेल प्रशिक्षक जयराम घोरासैनीले जानकारी दिनुभयो । 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र खेलकुद विकास समितिको आयोजनमा हुने प्रतियोगितामा जिल्लावासी मात्र सहभागी हुन पाउनेछन् । रेन्जिन लामाको कप्तानीमा नगरपालिकाले टिम प्रशिक्षक व्यवस्थापक सहित १५ जनाको टोली घोषणा गरेको हो । खेलाडीहरूमा राजु सापकोटा, साेनु देवकोटा, बिजेश श्रेष्ठ, रामकृष्ण दुलाल, प्रसिस श्रेष्ठ, राकेश श्रेष्ठ, बिनोद तामाङ, प्रदिप सापकोटा, विशेष श्रेष्ठ, हरीकृष्ण दुलाल, सिर्जल अधिकारी, आशिष तामाङ प्रशिक्षकमा जयराम घोरासैनी र व्यवस्थापकमा रोमन कार्की छनोट हुनुभएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरीएकाे छ । 

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउन्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिसिए) ले सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने सिन्धुपाल्चोक क्रिकेट संघका अध्यक्ष विजय कुमार धितालले जानकारी दिनुभयो ।

Leave a Reply