बागमती प्रदेश नीति तथा याेजना आयाेगले गर्याे सिन्धुपाल्चाेकमा दुई जिल्लाकाे गाेष्ठी

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सुकुटे, सिन्धुपाल्चाेक

बागमती प्रदेश नीति तथा याेजना आयाेगले बुधवार आ.व २०८२/२०८३ काे जिल्ला स्तरीय वार्षिक याेजना तर्जुमा सम्बन्धी गाेष्ठी सिन्धुपाल्चाेकमा गरेकाे छ ।

सिन्धुपाल्चाेक र दाेलखा जिल्लाका सबै पालिका र जिल्ला समन्वय समितिलाई सिन्धुपाल्चाेककाे सुकुटेमा भेला गरेर आगामी आर्थीक बर्षकाे लागि कस्ताे नीति तथा याेजना बनाउने भन्ने बिषयमा छलफल भएकाे याेजना आयाेगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयाे ।

प्रदेश नीति तथा याेजना आयाेगकाे आयाेजनामा कार्यक्रमकाे गरिएकाे हाे । कार्यक्रममा जिल्ला समन्वय समिति र पालिकाका प्रतिनीधिहरूले प्रदेश सरकारकाे आगामी आर्थिक बर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रमले सम्बाेधन गर्नुपर्ने प्रमुख बिषयहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय र प्रदेशकाे स्राेतकाे समन्वय अभाव भएकाे, अनुगमनकाे कमि रहेकाे, टुक्रे याेजना निरूत्साहित गर्नुपर्ने, स्राेत अभावले अलपत्र परेका याेजनालाई निरन्तरता दिनुपर्ने जस्ता मागहरू प्रस्तुतीकाे क्रममा पालिकाका प्रतिनिधिहरूले राखेका थिए । 

साथै उनिहरूले स्थानिय र प्रदेश सरकारले करकाे दायरा बढाउनुपर्ने, आर्थिक बिकासका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने, एक वडा एक आवासिय विद्यालय चलाउन सकेमा खर्च पनि कम हुने उनिहरूकाे भनाई थियाे । याेजना सञ्चालन गर्दा स्थानिय तहसंग कुनै समन्वय नहुँदा या्जना कार्यान्वयन हुन नसकेकाे उनिहरूकाे भनाई थियाे । गाेष्ठीमा जिरी नगरपालिका उपप्रमुख कृष्ठमाया बुढाथाेकीले जनताकाे आवस्यकताका आधारमा बजेट बिनियाेजन हुन आवस्यक रहेकाे बताउँदै प्रदेश आयाेजना बैङ्क स्थापना गर्नुपर्ने माग गर्नुभयाे ।

त्यस्तै जुगल गाउँपालिकाका अध्यक्ष, रेशम स्याङ्बाेले प्रदेश सरकारले ठुला सडकलाई प्राथमिकता नदिएकाेमा गुनासाे व्यक्त गर्नुभयाे । त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चाेकका अध्यक्ष भक्तध्वज बाेहराले सहर पसेकालाई गाउँमा फर्काउने र गाउँकालाई गाउँमै राेजगार दिने नीति अहिलेकाे आवस्यकता रहेकाे बताउनुभयाे । पर्यटनसंग युवाकाे आम्दानी जाेड्ने कार्यक्रम गर्न सकेमा देशमै राेजगारी सिर्जना हुने उहाँकाे भनाई थियाे । ‘हाम्राे पहुँच प्रदेश र संघमा नहुँदा १ मिटर पनि सडक कालाेपत्रे भएन । हामीले प्रदेश र संघमा माननीय पठाएकाे के काम ? १ कराेड कमकाे याेजना प्रदेशले नपठाओस’, बाेहराले भन्नुभयाे ।

बागमती प्रदेशका सांसद सरल सहयात्रीले याेजना छनाेट गर्दा सांसद, पालिका अध्यक्ष सहित बसेर सबैकाे सहमतीमा साझा याेजना छनाेट गर्न सकेमा अहिले देखिएकाे समस्या हल हुने विश्वास व्यक्त गर्नुभयाे । बागमती प्रदेशका पुर्व बन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले प्रदेशले पठाएका टुक्रे याेजनाले पालिका प्रमुखलाई दिक्क बनाएकाे भन्दै प्रदेशले गाैरवकाे याेजनाहरूमा प्राथमिकता दिनुपर्नेमा जाेड दिनुभयाे । ‘कुन गाउँपालिकामा आर्थिक स्राेत कम छ त्याे पालिकालाई प्रदेशले विशेष रूपमा सहयाेग गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।

गाेष्ठीमा उठेका बिषयबस्तुमाथी प्रकाश पार्दै बागमती प्रदेशका आर्थीक मामिला तथा याेजना मन्त्री कुन्दनराज काफ्लेले बागमतीमा कानुनी समस्याहरू धेरै रहेकाे बताउँदै आगामी आर्थीक बर्षमा बागमती प्रदेश बाट टुक्रे याेजना लाई निरूत्साहित गर्ने प्रतिवद्वता ब्यक्त गर्नुभयाे । ‘आगामी आर्थीक बर्ष बाट हरेक पालिकाले पहिलाे प्राथमिकता याे हाे भनेर ल्याउन जरूरी छ, उहाँले भन्नुभयाे । याेजना बैङ्क बनेर कार्यान्वयन हुने भन्दै खानेपानी बाहेक टुक्रे याेजना अब प्रदेशमा नबन्ने उहाँले प्रस्ट पार्नुभयाे ।

याेजना आयाेगका उपाध्यक्ष डा. गंगादत्त नेपालले पालिकाले उठाएका बिषयबस्तुलाई लिपिबद्व गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे । ‘जलबायु र बिपदकाे क्षेत्रमा केही नीति बनाउनुपर्छ भन्नेमा लागेकाे छु’, उहाँले भन्नुभयाे ‘ बागमती प्रदेशमा भएका बिनासहरूमा हामीले काम गर्न आवस्यक छ’ । आन्तरिक स्राेत परिचालनमा प्राथमिकता दिनुपर्ने भन्दै उहाँले ठिक ढंगले आयाेजना छनाेट गर्नुपर्ने धारणा राख्नुभयाे ।

Leave a Reply