समृद्ध सिन्धुपाल्चोकको ‘रोडम्याप’ बोकेका नेता : किन रोज्ने वंशलाल तामाङलाई ?

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक क्षेत्र नं. २ मा यसपटक चुनावी सरगर्मी मात्र बढेको छैन, एउटा आशालाग्दो विकासको खाका पनि अघि सारिएको छ। नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वंशलाल तामाङ यतिबेला आफ्नो स्पष्ट योजना, सपना र लक्ष्यसहित मतदाताको घरदैलोमा व्यस्त हुनुहुन्छ। उहाँको उम्मेदवारी केवल पदका लागि मात्र नभई, सिन्धुपाल्चोकलाई विश्वकै नमूना गन्तव्य बनाउने एउटा महान् अभियानको थालनी भएको देखिन्छ।

युरोपका विद्यालयमा पढाइने ‘सिन्धुपाल्चोक मोडल’को सपना

वंशलाल तामाङको सोच सामान्य विकासमा मात्र सीमित छैन। उहाँले एउटा यस्तो सिन्धुपाल्चोकको कल्पना गर्नुभएकाे छ, जहाँको विकासको पाठ युरोपका विद्यालयहरूमा पढाइयोस्। स्पष्ट नीतिमार्फत विकासले गति लिएको कथा, कृषि र पर्यटनबाट स्थानीयको जीवनस्तर उक्सिएको कहानी र स्वास्थ्य-शिक्षामा अब्बल बनेको सिन्धुपाल्चोकको गाथा विश्वका लागि एउटा उदाहरण बनोस् भन्ने उहाँको चाहना छ। पर्यटकीय गाउँ, उत्कृष्ट शैक्षिक हब, र गाउँमै रोजगारी सिर्जना गरी नागरिकलाई आत्मनिर्भर बनाउने ‘भिजन’ बोकेर उनी चुनावी मैदानमा होमिनुभएकाे छ ।

अनुभवले खारिएको नेतृत्व: इन्द्रावतीको विकासदेखि सदनसम्म

इन्द्रावती गाउँपालिकाको पूर्व अध्यक्षका रूपमा उहाँले आफूलाई ‘विकासको दौडमा प्रथम’ प्रमाणित गरीसक्नुभएकाे छ। आफ्नो कार्यकालमा सडक पूर्वाधार, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, खेलकुद र स्वास्थ्यमा उहाँले गरेका कामको प्रतिफल अहिले गाउँवासीले पाइरहेका छन्। “पालिका अध्यक्ष हुँदा धेरै कामको जग बसालियो, तर सिङ्गो जिल्लालाई समृद्ध बनाउन र बाँकी सपना पूरा गर्न अहिले प्रतिनिधिसभामा मेरो उम्मेदवारी हो,” तामाङले भन्नुभयाे ।

शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनको संकल्प

विकासको पहिलो खुड्किलो शिक्षालाई मान्ने तामाङले सरकारी विद्यालयको गुणस्तर सुधार, गरिब, दलित, महिला र अपाङ्गमैत्री छात्रवृत्तिको योजना अघि सारेका छन्। “एक स्थानीय तह, एक प्राविधिक विद्यालय” स्थापना गरी युवाहरूलाई सीपसँगै कमाउनेतर्फ लैजाने उनको दाबी छ। स्वास्थ्य क्षेत्रमा पनि स्वास्थ्य बीमाको सुविधालाई व्यवस्थित बनाउँदै जनस्तरमा गुणस्तरीय उपचार पुर्‍याउने लक्ष्य उनले राखेका छन्।

कृषि क्रान्ति र पूर्वाधार विकासको ग्यारेन्टी

सिन्धुपाल्चोकको आर्थिक मेरुदण्ड कृषि भएकोले उहाँले कृषकमैत्री कार्यक्रमहरूलाई प्राथमिकता दिनुभएकाे छ। आधुनिक कृषि उपकरण (ट्र्याक्टर, हार्भेस्टर) मा अनुदान, उन्नत बीउ र मलको सहज उपलब्धता, र दूध उत्पादनमा अनुदान बढाउने उनको संकल्प छ। “किसानको उत्पादनको उचित भण्डारण र बजारिकरणका लागि म नीतिगत लडाइँ लड्नेछु,” उहाँले प्रतिबद्धता जनाउनुभएकाे छ ।

त्यस्तै, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने जिल्लाका सडकहरूको स्तरोन्नति, सुरक्षित खानेपानी, र सरसफाइलाई उहाँले आफ्नो प्रमुख चुनावी मुद्दा बनाउनुभएकाे छ। भौगोलिक विकटताका कारण सेवाबाट वञ्चित रहेका गाउँहरूमा राज्यको पहुँच पुर्‍याउने र पर्यटन प्रवद्र्धनमार्फत ‘होमस्टे’ सञ्चालन गरी स्थानीयलाई आत्मनिर्भर बनाउने उहाँको योजना छ।

सुशासन र भ्रष्टाचारमुक्त प्रशासन

वंशलाल तामाङले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ र सरकारी सेवालाई ‘डिजिटलाइज’ गरी सरल बनाउने कुरामा विशेष जोड दिनुभएकाे छ । जनताका गुनासा सुन्ने र तत्काल समाधान खोज्ने जनप्रतिनिधिको अभाव खड्किएको महसुस गर्दै उहाँले आफूलाई ‘जनताको सेवक’ का रूपमा प्रस्तुत गर्नुभएकाे छ ।

अघिल्ला सांसदहरूले गर्न नसकेका कामहरूलाई पूर्णता दिने र जनतालाई ‘देउता’ सरह मानेर उनीहरुकै पाइला पछ्याउने तामाङको यो अठोटले सिन्धुपाल्चोक क्षेत्र नं. २ का मतदातामा नयाँ उत्साह थपेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा सिन्धुपाल्चोकलाई समृद्धिको दिशामा अघि बढाउन गफले होइन, कामले चिनिने, विकासकाे लहर ल्याउने र सिङ्गो क्षेत्र नं. २ को जिम्मेवारी सुम्पिने बेला आएको छ।

अमेरिकाको लामो बसाइ र ग्रीन कार्ड त्यागेर स्वदेश फर्किनुभएका वंशलाल तामाङ यतिबेला ‘इन्द्रावती मोडेल’ को विकासलाई क्षेत्रभरि फैलाउने अभियानमा रहनुभएकाे छ। २०७४ मा इन्द्रावती गाउँपालिकाको अध्यक्ष हुँदा देखाएको ‘एक्जिक्युटिभ’ कार्यक्षमता, २०४२ देखिको आन्दोलनको पृष्ठभूमि र पार्टि सभापती गगन थापा निकट मानिने उहाँको बलियो संगठन अनुकूलता रहेकाे छ । पदमा रहँदा काम गर्न सक्ने क्षमता भएकाे र जिम्मेवारीबाट नभाग्ने नेताकाे रुपमा पनि तामाङलाइ चिनिन्छ । ईन्द्रावती गाउँपालिकाको अध्यक्ष हुँदा उहाँले पालिकालाई देशकै नमुना बनाउनुभएकाे थियाे। उहाँसँग “गरेर देखाएको” इतिहास छ । विद्यार्थी राजनीतिदेखि नै भुइँतहका कार्यकर्ता र जनताको सुख-दुःखमा साथ दिएका कारण उहाँलाई ‘आफ्नै मान्छे’ ठान्नेहरूको ठूलो पंक्ति छ। वंशलाल जे बोल्नुहुन्छ, त्यो गरेरै छाड्नुहुन्छ भन्ने छाप मतदातामा गहिरो छ।

Leave a Reply