गणेश श्रेष्ठको नआओस् दशैँ सार्वजनिक

* # मनोरञ्जन समाचार समाज सिन्धुपाल्चोक

नेपालीहरुको महान् पर्व विजयादशमीको अवशरमा चण्डिका श्रेष्ठको प्रस्तुति गणेश श्रेष्ठको पहिलो कोसेली “नआओस् दशैँ”बोलको गीत ओ.एस.आर.मुभिजबाट सार्वजनिक भएको छ ।

नेपालमा बढेको बेरोजगार समस्याले बिदेशीनुपर्ने नेपाली दाजुभाइहरुको कथा सँगै दशैँ र तिहार जस्तो महान् चाडपर्व आउँदा नेपालमा दुखी हुने परिवारको कथामा आधारित यस गीतमा पार्वती गिरी र आदित आचार्य तथा अन्य कलाकारहरुको जिवन्त अभिनय रहेको छ। गणेश श्रेष्ठको शब्द /संगीतमा धिरेन्द्र राई तथा साहिमा श्रेष्ठको सुमधुर स्वर रहेको छ।

सन्तोष प्रगाढ राईको एरेन्ज, रामेश्वर हुँमगाईको, छायांकन, अनन्त घिमिरेको सम्पादन तथा सन्तोष पराजुली प्राबिधिक रहेको यस गीतको निर्माता चण्डिका श्रेष्ठ र दिनेश बुढाथोकी रहेका छन् । यस गीतको कथा/निर्देशन देवप्रसाद धिमालले गर्नुभएको छ ।

Leave a Reply