इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले गत असोज ११ र १२ गते आएको भीषण वर्षाले १२ वटै वडामा भएका क्षति तथा पुन निर्माणको विषयमा छलफल भएको छ ।
छलफलको क्रममा विपदका मापदण्डहरू तथा नियमावलीको विषयमा पनि छलफल भएको थियो । पुर्ण क्षति तथा जोखिम भई विस्थापित भएको घर परिवारहरुको लागी लाभग्राभी कायम तथा अस्थाइ आवासका लागि रकम माग गर्ने विषयमा छलफल हुनुका साथै वडा अध्यक्षहरु तथा हालसम्म ५१ परीवारको मात्र विवरण आएकोमा थप विवरण पनि आज साँझसम्म उपलब्ध गराउने विषयमा छलफल भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत पुर्णप्रसाद दुलालले बैठकको सहजिकरण गर्नुभएको थियो । बैठकमा इन्द्रावती गाउँपालिकाका वडा अध्यक्षहरुले आ आफ्नो वडामा भएको क्षतिको बारेमा जानकारी गराउनुभएको थियो । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट मानविय क्षति नभएपनि खेतियोग्य जमिनहरु, बालिनालि, पशु चौपायाका साथै स्थायी आवासका साथै सडकहरुमा क्षती पुगेको वडा अध्यक्षाहरुले जानकारी गराउनुभएको थियो ।
बैठकमा वडाका वडाअध्यक्ष, जनप्रतिनिधि, नेपाल प्रहरी, विपद्का क्षेत्रमा काम गरिरहेका अन्य सरोकारवाला निकाय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।