
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक कार्यक्रम समिक्षा सम्पन्न भएको छ । कार्यक्रममा समिक्षा सहित जिल्लाका उत्कृष्ट स्वास्थ्य शाखाहरु पुरकृत भएका छन् ।
शुक्रबार र शनिबार जिल्ला सदरमुकाम चौतारामा सम्पन्न स्वास्थ्य समिक्षा सहित गत आर्थिक वर्षमा कार्य सम्पादन मुल्याङ्कनका आधारमा पुरस्कृत गरिएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारीले जानकारि दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न आगामी योजना निर्माण गरी प्रगती प्रतिशत बृद्धि गर्न स्तर निर्धारण गरिएको समेत जानकारि दिनुभयो ।
कार्य सम्पादनमा विभिन्न मापन शीर्षकका आधारमा नम्वर प्रदान गरिएको हो । उक्त मुल्याङ्कन अनुसार जिल्लाका बाह्र स्थानीय तह मध्ये त्रिपुरासुन्दरी गाउँपालिका ७९.५ नंम्वर सहित प्रथम, मेलम्ची नगरपालिका द्धितिय, बाह्रविसे नगरपालिका तृतीय भएका छन् ।
त्यस्तै चौथो पाँचपोखरी थाङ्पाल गाउँपालिका, पाँचौ चौतारा साँगाचोकगढी नगरपालिका, छैटौ सुनकोशी गाउँपालिका, सातौ लिसंखुपाखर गाउँपालिका भएका छन् ।
बलेफी, जुगल र ईन्द्रावती गाउँपालिका समान अंक प्राप्त गरी आठौ नंम्वरमा रहेका छन् । त्यस्तै नवौँ र दशौँ स्थानमा क्रमश हेलम्वु र भोटेकोशी गाउँपालिका परेका छन् । भोटेकोशीले ५६ नम्वर सहित दशौ नम्वरमा परेको हो । स्वास्थ्य संस्थाबाट सेवा प्रदान गरिने विभिन्न बीस वटा ईन्डीग्रेटरका आधारमा स्वास्थ्य शाखाले प्रप्त गरेका नम्वरबाट शाखाको स्तर निर्धारण भएको मुल्याङ्कन समिति संयोजक तथा जिल्ला समन्वय अधिकारी गोमा ढकालले जानकारि दिनुभयो ।
आर्थिक वर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठी समापन समारोहमा उत्कृष्ट कार्य समपादन गरेका स्वास्थ्य शाखाहरुलाई मेडल तथा प्रमाणपत्रका साथ पुरस्कृत गरिएको हो । जिल्लाका बाह्र स्थानीय तहका स्वास्थ्य शाखा, जिल्ला अस्पताल चौतारा, स्वास्थय कार्यालय सिन्धुपाल्चोक, महिला आत्मनिर्भरता केन्द्र मेलम्ची, फेयरमेड, जिल्ला आयुर्वेदिक कार्यालय, सामुदायिक आँखा केन्द्रलगायत सिन्धुपाल्चोकमा स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरुले गत आर्थिक वर्षमा सम्पादन गरेका कामको प्रगती प्रस्तुत गरेका थिए । समिक्षा कार्यक्रमको सुरवातमा जानकारी दिने एक अर्को स्थानीय तहको सकारात्मक अभ्यासको अनुशरण र प्रगती प्रतिशत बृद्धि गर्न समिक्षा कार्यक्रम महत्वपूणर् सावित हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।
त्यस्तै कार्यक्रमको समापनमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले जिल्लामा स्वास्थ्य क्षेत्रमा भएको प्रगती सन्तोषजनक रहेको, यसलाई थप प्रगती प्रतिशत वढाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । साथै बैज्ञानिक र ब्यवहारिक कोणबाट कार्यसम्पादन मुल्याङ्कन गरिएकोमा खुशी ब्यक्त गर्नुभयो ।
समापन समारोहमा पुरस्कार ग्रहण गर्दै प्रथम हुने त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाह, द्धितीय हुने मेलम्ची नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनी र तृतीय हुने बाह्रविसे स्वास्थ्य शाखा प्रमुख राजकुमार पौडेलले सुधारात्मक लक्ष्य प्राप्तिमा तोकिएको ईन्डीग्रेटर फलो गर्ने प्रतिवद्धता ब्यक्त गनुभयो ।
मान्क, पिएसआई र फेयरमेडको सहयोगमा कार्यक्रम भएको हो । उक्त्त संस्थाहरुलाई सम्मान पनि गरिएको थियो ।महिला आत्म निर्भरता केन्द्र तथा फेयरमेड अन्तर्गत सिन्धु स्वास्थ्य परियोजनाले जिल्लामा उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम तथा नियन्त्रण , वार्षिक समिक्षा लगायत स्वास्थ्यका विभिन्न गतिविधिमा योगदान पुर्याए बापत जिल्लाले समान गरेको परियोजना संयोजक मनिषा हाडाले बताउनुभयो ।
