जुगल कुनेगाउँका पिडितहरुका लागी धर्म गुरु प्रकाश भुजेलद्वारा सहयोग

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
जुगल गाउँपालिका वडा नम्बर १ कुने गाउँका पहिरो पिडितका लागी प्रकाश मानवसेवा सांस्कृतिक झाँक्री केन्द्रको सहयोगमा राहत बितरण हुने भएको छ ।

राहत बितरण्को लागी बागमती प्रदेश सांसद कुमारी स्याङतान र समाजसेवी दिपक थापालाई करिव ८५ हजार बरावबरको खाद्यान्न सामाग्री र ओड्ने ओछ्याउने डस्ना र सिरक पठाइएको केन्द्रका संस्थापक प्रकाश भुजेलले जानकारी दिनुभयो ।

जिल्लाका हरेक स्थानमा परेका बिपतीमा आफूले सहयोग गर्दै आएको बताउँदै यो दुखको समयमा पिडितहरुलाई केही सहज होस भन्ने उद्धेश्यले कुने गाउँका पिडितहरुका लागी पनि सहयोग गरिएको भुजेलले बताउनुभएको छ ।

मानव सेवा आश्रमले समुदायका हरेक सुखदुखमा हातेमालाे गर्दै जाने अध्यक्ष तथा धर्मगुुरू प्रकाश भुजेलले जानकारी दिनुभयाे ।

Leave a Reply