अभयानन्दको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

अभयानन्द शिक्षा क्याम्पसको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न भएको छ । आज एक कार्यक्रम आयोजना गरी क्याम्पसले बार्षिकोत्सव तथा साधारण सभा गरेको हो ।

कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि ईन्द्रावति गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाँउठाँउमै क्याम्पस हुनु गौरवको विषय भएको बताउनुभएको छ । क्याम्पस सुरुवात गर्न पहल गर्नुहुने सबैप्रति आभारी रहेको पनि बताउनुभएको छ । शिक्षण संस्थाहरुलाई एकिकृत गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभएको छ ।

अभिभावकिय सरकारले सामुदायिक क्याम्पसमा ध्यान नदीएकाले अवस्थामा प्रदेश समन्वय परीषद सदस्यको हैसियतले आफुले प्रदेश सरकार समक्ष ध्यानाकर्षण गराएको अध्यक्ष नेपालले बताउनुभयो । यतिबेला चुनौति झेलिरहेको सामुदायिक क्याम्पसलाई अभिभावकिय भूमिका खेल्न तिनै तहका सरकारले योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । साथै उहाँले हरेक स्थानिय तहले श्रम बजार स्थापित गराउन जोड दिनुपर्ने बताउनुभएको छ ।

यस्तै कार्यक्रमको अवसरमा ईन्द्रावति गाँउपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले गाउँमा क्याम्पस खोल्ने अभियान सुरू गर्दा अप्ठ्यारो परिस्थितिमा पनि सम्बन्धन ल्याउन सफल भएको बताउनुभयो । पालिकामा रहेका दुई वटा क्याम्पसलाई एकिकृत गरेर लाने दिगो बनाउने कुरामा पालिकाले योजना बनाईरहेको बताउनुभयो ।

स्थानिय स्तरमा रहेर पनि राम्रो शिक्षा आर्जन गर्न सक्ने वातावरण सृजना गर्न सबैले आ आफ्नो ठाँउबाट जोड दिनुपर्ने बताउनुभएको छ । संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा शैक्षिक क्रियाकलापहरु ऋघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष शम्भुविक्रम थापा, पुर्व उपाध्यक्ष शुदर्शन आचार्य, सल्लाहकार राधाकृष्ण प्रधान, जग्गादाता उत्तम प्रसाद कायस्थ, पुर्व प्रहरी नायव उपरीक्षक हिरा गिरी, निर्वाचित वडा अध्यक्षहर, राजनितिक दलका प्रतिनिधिहरु क्याम्पसका आजिवन सदस्यहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्याम्पसको अवसर चुनौति तथा बार्षिक प्रतिवेदन व्यावस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष भवनाथ आचार्यले प्रश्तुत गर्नुभएको थियो । यस्तै क्याम्पसको आर्थिक प्रतिवेदन क्याम्पस प्रमुख कविराज पौड्यालले प्रश्तुत गर्नुभएको थियो ।

स्वामि अभयान्नदकाे विषयमा साहित्यकार चन्द्रप्रसाद न्याैपानेले क्याम्पसकाे नामाकरण र ऐतिहासिक विषयमा कार्यक्रममा जानकारी गराउनुभएकाे थियाे । उहाँले अभयान्नदकाे विषयमा काब्य नै तयार पार्नुभएकाे छ ।

पुर्व विद्यार्थी गोपिकृष्ण न्यौपानेको अध्यक्षतामा अभयानन्द पुर्व विद्यार्थी समाज लाई पनि साधारणसभाले बैधानिकता दिएको छ । सोही अवसर पारेर क्याम्पसले उत्कृष्ठ अँक ल्याउने बिद्यार्थीलाई सम्मान गर्नुका साथै क्याम्पसकाे आजिवन सदस्यता लक्ष्मण तिमल्सिना, बिदुर प्रसाद तिमल्सिना, पाषाङ तामाङ, त्रीलोचन आचार्य, सौर्यनाथ आचार्य लगाएतले लिनुभएकाे छ।

Leave a Reply