बिभिन्न अपराधमा संलग्न भई फरार रहेका ३ जना पक्राउ, एकजना जरिबाना तिरेर आजै छुटे

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक

प्रहरीले बिभिन्न अपराधमा संलग्न भई फरार रहेको व्यक्तिलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्ची र ईलाका प्रहरी कार्यालय वाह्रविसेको प्रहरी टोलीले मिति आज ३ जना फरार ब्यक्तिहरुलाई पक्राउ गरि जिल्ला अदालत चौतारामा दाखिला गरिएको ३ मध्ये १ जनाले जरिवाना १० हजार दाखीला गरी आजै छुटेको र वाँकी २ जनालाई लागेको कैद जरिवाना सजाय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

सार्वजनिक अपराध मुद्धामा २०७२ चैत १८ गतेको फैसलाले १० हजार जरिबाना तोकेकोमा फरार रहेका बाह्रबिसे नगरपालिका ५का राज कुमार बस्नेत अहिले उक्त जरिबारना रकम तिरी छुटेका हुन् ।

त्यस्तै भ्रष्टचार मुद्धामा २०७७ चैत ३१ गतेको फैसलाले ३ महिना कैद सजाय र १० हजार रुपैया जरिबाना तोकेका वाह्रविसे नगरपालिका ८ का उद्दव प्रसाद नेपाललाई विशेष अदालत काठमाण्डौको कारागार कार्यालय र सवारी ज्यान मुद्धामा २०६१ असार ९ गतेको फैसलाले २ वर्ष कैद सजाय र १० हजार जरिबाना तोकेका मेलम्ची ८ का रामहरी चौलागाईलाई काठमाण्डौ जिल्ला अदालत कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply