समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य सहितका नेता फर्कीए पुरानै घरमा

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

 नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुभाष कर्माचार्य तथा केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ सहित सिन्धुपाल्चोकका नेता, कार्यकर्ता नेकपा एमालेमा फर्कीएका छन् ।

कर्माचार्यसँगै प्रदेश कमिटी सदस्य ईश्वरीप्रसाद श्रेष्ठ, शिवराम भट्टराई, घननाथ पराजुली पनि एमाले फर्कनु भएको छ । त्यसै गरी सो पार्टीका जिल्ला कमिटी उपाध्यक्ष छिरिङ ग्याल्बो लामा, जिल्ला सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारी, जिल्ला कमिटीका सदस्यहरू, विभिन्न पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू, जनवर्गिय संगठनका पदाधिकारी तथा सदस्य लगायत एमालेमा फर्कनु भएको छ । 

कर्माचार्य ठुलो सङ्ख्यामा नेता कार्यकर्ता सहित एमाले फर्कने निश्चित भएपछि शुक्रबार मात्रै एकीकृत समाजवादीले उहाँलाई पार्टीबाट कारबाही गरेको थियो । कारबाही गरेको भोलिपल्टै उहाँ ठुलो सङ्ख्यामा नेता, कार्यकर्ता सहित एमालेमा फर्कनु भएको छ । सो पार्टीका १ सय ५० बढी नेता कार्यकर्ता एमालेमा फर्कनु भएको छ । 

आज एमाले महासचिव शंकर पोखरेल, एमाले नेताहरू शेरबहादुर तामाङ लगायतले उहाँहरूलाई सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गर्नुभएको हो । पार्टीमा फर्कनेमा केन्द्रीय कमिटी सदस्यदेखि, प्रदेश, जिल्ला र पालिका कमिटीका नेताहरूका साथै जनवर्गिय संगठनका नेताहरू हुनुहुन्छ ।

Leave a Reply