रेडियो मिसन, सिन्धुपाल्चोक
ईन्द्रावती खोलामा डुबेर एक महीलाको ज्यान गएको छ ।
आज दींउसो अन्दाजी ३ बजे खोलामा डुबेर महीलाको ज्यान गएको हो । मेलम्ची नगरपालीका वडा नम्बर १० बस्ने फुल बहादुर रावलको श्रीमती बर्ष ६० की मिठु रावलको ज्यान गएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो ।
खोलामा डुबेको अबस्थामा स्थानियबासीले देखी उद्धार गरी तत्काल उपचारको लागि नगर अस्पताल मेलम्ची लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको पहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।