मेलम्ची नगर उद्योग वाणिज्य संघकाे अध्यक्षमा पुन: पुष्कर धिताल चयन

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगर उद्योग वाणिज्य संघकाे अध्यक्षमा पुन: पुष्कर प्रसाद धिताल निर्वाचित हुनुभएको छ । आज भएको दोस्रो अधिवेशनले पुष्कर प्रसाद धिताल सहितको टिम निर्वाचित भएको हो ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा बिचारी बानिँया, प्रथम उपाध्यक्षमा जनकलाल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा प्रतिमा धिताल, महिला उपाध्यक्षमा कालिमाँया तामाङ र महासचिवमा तारा बहादुर बानिँया निर्वाचित हुनुभएको छ । सल्लाहकार समिति प्रमुखमा देवेन्द्र कार्कि निर्वाचित हुनुभएकाे छ ।

संघको सचिवमा गणेश दुलाल, काेषाध्यक्षमा शुरेस श्रेष्ठ र सह-सचिवमा बुध्दि प्रसाद गाैतम निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा राजकुमार चालिसे, सुशान गिरी, सुरेन श्रेष्ठ, दिल बहादुर देउजा, सुरेश घाेरासैनि, रेवतिरमण दुलाल, कृष्णबहादुर दुलाल, शुरेन श्रेष्ठ, सुरज श्रेष्ठ,  सुब्बालाल श्रेष्ठ, शरण चालिसे, शैलेस खड्का र शिवशरण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा आज मेलम्चीमा संघको तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अध्यक्ष विष्णु धितालले शपथ ग्रहण गराउनुभएकाे हाे ।

Leave a Reply