मेलम्ची ५ स्थित कालिकाका विद्यार्थीलाई न्यानो कपडा वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
कान्ती भैरव माध्यमिक विद्यालय कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँको एसएलसी ब्याच २०५४ सालका विद्यार्थीहरुले मेलम्ची नगरपालिका–५, भीमसेनस्थान स्थित कालिका आधारभूत विद्यालयका छात्र–छात्राहरुका लागी जाडो मौसमलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेका छन् ।

विगतका बर्षहरुमा पनि विद्यार्थिहरुको न्यानो कपडाका साथै शैक्षिक सामग्री सहयोग गर्दै शिक्षण सिकाईमा टेवा पुर्याउँदै आएको विद्यार्थी समुहले यस बर्ष कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुको लागी न्यानो कपडा वितरण गरेको सो ब्याचका विद्यार्थी उज्जवल घिमिरेले जानकारी दिनुभयो ।

नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष राजु रायमाझी, नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनी, लगायतको उपस्थितिमा भएको कार्यक्रममा सक्किगोनी टेलिसिरिय एवम् लोकप्रिय हास्य कलाकार सिवी पुडासैनी ९धतुरे० सहितको टोलीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख तामाङले कान्ती भैरव माध्यमिक विद्यालय एसएलसी ब्याच २०५४ सालका विद्यार्थीहरुले मेलम्ची नगरपालिकाको विद्यालयमा गरेको सहयोगको लागी धन्यवाद ब्यक्त गर्नुभयो ।

साथै प्रधानाध्यापक राममणि सिग्देलले विद्यालयमा गरेका सहयोगले आफुलाई खुशि लागेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले शैक्षिक विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।

Leave a Reply