सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाँउपालिकाले जितेको छ ।
आज सम्पन्न फाईनल खेलमा मेलम्ची लगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो ।
हेलम्बु गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढि नगरपालिका तेस्रो र इन्द्रावती गाँउपालिका चौथो भएको खेल सञ्चालन समिति सदस्य श्याम शर्मा लामिछानेले जानकारी दिनुभयो ।
बिजेतालाई पुरस्कार वितरण गर्नुहुँदै हेलम्बु गाँउपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खेलको माध्यमबाट हेलम्बुको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताउनुभएको छ । उहाँले आगामी दिनमा हेलम्बुमा प्रदेश स्तरिय खेलको आयोजना गर्ने बताउनुभयो ।
प्रतियोगीतामा हेलम्बु गाँउपालिका, मेलम्ची नगरपालिका, ईन्द्रावती गाँउपालिका र चौतारा साँगाचोकगढि नगरपालिका गरि ४ पालिकाको सहभागिता जनाएको खेल संयोजक एवं शिक्षा शाखाका प्रमुख विश्वनाथ भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ११ हजार १११, दोस्रो हुनेले ६५ हजार १११, तेस्रो हुनेले ३५ हजार १११ र चौथो हुनेले १५ हजार १११ नगद ट्रफी र मेडल प्राप्त गरेका छन् ।