बाढीले क्षति पुर्याएपछि इन्द्रावती तेस्रो जलबिद्युतको उत्पादन ठप्प, मेलम्चीको बेलिबृज पनि जोखिममा

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
इन्द्रावती याङ्री नदीमा गएराती आएको बाढीले इन्द्रावती तेस्रो जलबिद्युत आयोजनामा क्षती पुगेको छ । ७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएरको छ भने सब स्टेसन तथा पावर हाउसमा समेत क्षती पुगेको छ । अहिले आयोजनाबाट बिद्युत उत्पादन ठप्प भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अधिकंश भाग अन्धकार भएको छ । साथै खाल्डेखोला देखी सडकहरु समेत अबरुद्ध भएको छ । साथै यस क्षेत्रमा जाने कुनैपनि बैकल्पिक सडक नहुँदा अत्यावश्यक यातयातका साधनहरु समेत चल्न नपाउँदा बिरामीहरु समेत मारमा परेकाछन् ।

त्यस्तै चिन्डे जतन जोड्ने झोलुङ्गे पुल पनि बाढिले बगाएको छ । लार्के खोलामा गए राती आएको बाढीले मेलम्ची भोताङ सडक ठाँउ–ठाँउमा बगाएको छ । तटिय क्षेत्रको खेती योग्य जमिन बगाएको छ । चिनियापुल, माझीरुम्टी, तीपेनी, खस्रेबलुवा र खाल्डेखोला जस्ता बस्ती बजार पूर्ण जोखिममा रहेको छ भने अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

जल मापन केन्द्रमा जलसतह अझै बढ्दो क्रममा रहेको र थप बढ्नसक्ने सम्भावना रहेकोले तल्लो नदी तटीय क्षेत्रमा रहनेहरूलाई उच्च सावधानी अपनाउन मौसम विज्ञान विभागले सचेत गराएको छ ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको बेलिबृज पनि जोखिममा परेको छ । गत वर्षको असारमा मात्रै सांसद मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको उक्त पुल बाढीले छुन थालेपछि जोखिम बढेको हो । त्यस्तै मेलम्चीमा नव निर्मित बसपार्क, खेलमैदान र निर्माणाधिन कभर्डहल उच्च जोखिममा रहेको छ ।

उता अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको बेलिबृज बाढिले बगाएको छ । अरनिको राजमार्ग ठप्प हुँदा आवतजावतमा कठिनाइ भएको छ । भोटेकोसी नदीले सतर्कता तह पार गरेको छ । भोटेकोसी नदी, बाह्रविसे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply