मेलम्ची नगरपालिका वडा नम्बर १० का बाढि प्रभावित ३ परीवारलाई राहत सामग्रि वितरण गरीएकाे छ । हिजाे राति आएकाे बाढिका कारण खेतीयोग्य जमिनका साथै काफ्लेखाेलामा ३ परीवारकाे आवासमा पुगेकाे क्षति पुगेकाे थियाे ।
नेपाल रेडक्रस साेसाईटि उपशाखा मेलम्चीको सहयोग र मेलम्ची नगरपालिका वडा नम्बर १० को वडा अध्यक्ष अमृत खनालको पहलमा तत्कालका लागि आवश्यक पर्ने सामाग्रि सहयाेग गरीएकाे वडा अध्यक्ष खनालले बताउनुभयाे ।
आज बिहान जनप्रतिनिधि र रेडक्रसकर्मिका साथै स्थानियकाे सहभागितामा लत्ताकपडा,भाडाकुडा,खाधन्न लगायतका सामाग्री प्रभावित ३ परीवारलाई हस्तान्तरण गरीएकाे नेपाल रेडक्रस साेसाईटि मेलम्ची उपशाखाका सभापति ईन्द्रमणि दाहालले बताउनुभयाे ।
समुदायमा समस्या हरबखत आऊन सक्ने भएकाले सजग र सचेत रहन आवश्यक रहेकाे वडा अध्यक्ष अमृत खनालले बताउनुभयाे । बाढीका कारण वडा नम्बर १० काे नदी तटिय क्षेत्र छेऊछाऊमा कृषियाेग्य जमिनमा धेरै क्षति पुगेकाे उहाँले बताउनुभयाे ।
राहत सहयाेग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष अमृत खनाल, रेडक्रस सभापति ईन्द्रमणि दाहाल, ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक भगवती तिमल्सिना, नेपालि काँग्रेस वडा नम्बर १० का सचिव प्रह्लाद ढुंगेल लगाएतकाे सहभागिता रहेकाे थियाे ।