“ ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार” भन्ने मुल नाराका साथ ईन्द्रावती गाँउपालिकामा दोस्रो गाउँ सभाको बैठकबाट आब २०८१÷२०८२ बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत भएको छ । आज बसेको गाँउसभाको बैटकले सो बजेट पारीत गरेको हो ।
गत असार १० गते ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ८३ करोड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
विनियोजन विद्येयकमा पुर्वाधार बिकास तर्फको १० करोड ३३ लाख ब्रेकडाउन गर्न बाँकी रहेकोले सो सम्बन्धी छलफल सकेर आज आब २०८१÷२०८२ बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत भएको हो ।
गत असार १० गते सभामा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्य द्वारा प्रस्तुत आर्थिक बर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको थियो । गाउँपालिका उपाध्यक्ष शोभना तामाङ द्वारा प्रस्तुत आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, आर्थिक बर्ष २०८१/०८२ को बजेट सर्वसहमतीले पारित भएको थियोे ।
त्यस्तै न्यायीक समिति सदस्य क्षेत्र तामाङ द्वारा प्रस्तुत न्यायिक समीतिको ८०/८१ को बार्षिक प्रतिवेदन, सामाजिक बिकास समिति संयोजक रविन्द्र कुमार खाती द्वारा प्रस्तुत राजश्व परामर्श समितिको प्रतिवेदन २०८०/०८१ सर्वसम्मतीले पारित भएको थियो ।