नवलपुर ।
ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ को सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको औपचारिक रुपमा उद्घाटन भएको छ । ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नेपालले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । गर्भ परिक्षण सहितको सुविधाबाट बञ्चित रहँदै आएका महिलाहरुको स्वास्थ्यलाई ध्यान दिँदै सिपापोखरे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सुरुवात गरीएको हो ।
सुत्केरी महिलालाई गुणस्तरीय र सुरक्षित सेवा दिन प्रसूति गृहको उद्घाटन गरिएको गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङले बताउनुभयो । बर्थिङ सेन्टरले महिलाको स्वास्थ्य सुधारसँगै नवजात शिशुको सुरक्षामा विशेष सहयोग पुग्ने विश्वास गरेको उहाँले बताउनुभयो ।
सिपापोखरे स्थास्थ्य चौकीमा पालिकाको ८ औं प्रसूति गृहको रुपमा उद्घाटन भएको कार्यक्रममा ईन्द्रावती गाउँपलकिाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले बताउनुभयो । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै वडा नम्बर ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले यो सुविधा नजिकै पुग्दा मातृ मृत्युदर घट्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले सिपापोखरे स्थास्थ्य चौकीमा अन्य स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयोे । प्रसूति गृह सञ्चालनमा आएसँगै वडा नम्बर ८ तथा आसपासका क्षेत्रका महिलाहरूलाई अब सुत्केरी हुनका लागि टाढा जानुपर्ने बाध्यता हटेको श्रेष्ठले बताउनुभयो ।



