काठमाण्डौ ।
तामाङ प्रशारण दिवसको अवसरमा बागमती तामाङ पत्रकार संघले आयोजना गरेको बागमती प्रदेशमा तामाङ रेडियोहरुको अवस्था अवसर र चुनौती विषयक कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नेत्र तामाङ सम्मानित हुनुभएको छ ।
राजधानी स्थिती आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तामाङलाई बधाई तथा सम्मान पत्र प्रदान गर्नुभएको हो ।
हेटौंडामा साउन ६ र ७ गते सम्पन्न भएको महाधिवेशनमा तामाङले ७१३ लोकप्रिय मत पाउँदै खुला सदस्यमा निर्वाचित हुनुभएको थियो । खुल्ला सदस्यमा १५ जनाको कोटामा उहाँ एक्लै तामाङ समुदाय लाई प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिनुभएको थियो त्यसैले तामाङलाई बधाईका साथै सम्मान गरिएको बागमती तामाङ पत्रकार संघका अध्यक्ष अर्जुन पाख्रीनले बताउनुभयो ।
तामाङ सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधि हुनुभएको थियो । तामाङ नेपाल तामाङ पत्रकार महासङघका केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ ।