मेलम्चीका आगलागी प्रभावितलाई ब्याडमिन्टन एकेडेमीको सहयोग

* # समाचार समाज सिन्धुपाल्चोक

यहि कार्तिक ७ गते मेलम्ची बजारमा भएको भिषण आगलागीका पिडितहरुलाई राहत प्रदान गरिएको छ । मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यहरुबाट संकलित सत्तरी हजार रुपैँया बिहिबार हस्तान्तरण गरिएको अध्यक्ष कुमार सापकोटाले जानकारी दिनुभयो ।

साथै क्लबका आजीवन सदस्य कुमार भट्टराईले प्रभावित हरिशरण श्रेष्ठकी छोरीको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसअघि मेलम्ची नगर उद्योग बाणिज्य संघले पनि प्रभावितलाई सहयोग गरेको थियो । गत ७ गते दीपक दुलाल, राजन दुलाल, केदार दुलाल र माधव दुलालको घरमा आगालागी भएको थियो । उनीहरुको घरसँगै त्यहाँ रहेका तीनवटा पसल जलेर नष्ट भएको थियो । प्रभाबितलाई सहयोगका लागि संघसंस्था तथा महानुभावहरुलाई पनि आग्रह गरिएको छ ।

Leave a Reply