पालिकाकै पुरानो राजेश्वरी माध्यमिक विद्यालयले ६० औँ वार्षिकोत्सव मनायो

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर

इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेको राजेश्वरी माध्यमिक विद्यालयले आज आफ्नो ६० औं वार्षिकोत्सब मनाएको छ ।

पालिकाकै पुरानो विद्यालयको वार्षिककोत्सब कार्यक्रम गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले शैक्षिक गुणस्तर सुधार्न गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपालले बिद्यालय र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरु लाई पुरस्कार वितरण गर्नुका साथै आधुनिक एवं प्राविधिक शिक्षा दिने योजनालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको समेत बताउनुभएको छ ।

Leave a Reply