३४ वर्ष देखी फरार रहेका तामाङ पक्राउ

अपराध समाचार सिन्धुपाल्चोक

चौतारा

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले आज ३४ वर्ष देखी फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

२०४५ चैत २९ गतेको फैसला अनुसार नौ वर्ष दुई महिना आठ दिन कैद सजाँय भई फरार रहेका मेलम्ची ७ का ६६ वर्षिय खम्बे भन्ने जित बहादुर तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मानव वेचविखन तथा ओसारपसार मुद्दामा कैद उक्त सजाय तोकि फरार रहेका तामाङलाई आज बिहान पक्राउ गरी सजाँय असुलका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply