विकलाङ्ग मित्र समुह, अपाङ्ग बाल अस्पतालको लेखा जोखा कार्यक्रम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, मेलम्ची ।
विकलाङ्ग मित्र समुह, अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रले सिविएमको साझेदारीमा सञ्चालित परियोजनाको सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न गरेको छ । आज मेलम्ची नगरपालिकामा केन्द्रले विगत १ बर्षको अवधीमा गरेका कामका बारेमा जानकारी गराएको हो ।

संस्थाले मेलम्ची र पाँचपोखरीलाई कार्यक्षेत्र बनाउँदै विगत १ बर्षअघि देखि अपागंताको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले मेलम्ची र पाँचपोखरीमा गरी २७ जनाको निशुल्क सल्याक्रिया, ७५ जनालाई चिकित्सक परामर्श, ४७ जनालाई सहायक सामाग्री वितरण र १७२ जनाको पहिचान गरिएको संस्थाका सुपरभाइजर लेखनाथ आचार्यले जानकारी दिनुभयो ।

संस्थाको कामप्रति सेवाग्राही हरुले समेत खुशि ब्यक्त गरेका छन् । मेलम्ची ११का गणेश चालिसेले संस्थाले मेलम्चीलाई कार्यक्षेत्र बनाएर सेवा दिन थालेपछि खर्च,समय र विभिन्न झन्झटिलो प्रक्रियाबाट मुक्त भएको भन्दै खुशि ब्यक्त गर्नुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले संस्थासँग सहकार्य गर्दै नगरपालिका काम गर्न सधैभरी तयार रहेको बताउनुभयो । उहाँले संस्थाको अबधी अब १ बर्ष मात्र रहेको भन्दै अवधी थपगर्न समेत आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले संस्थाले गरीरहेको कामको प्रशंसा गर्दै संस्थालाई सहयोग गर्नेकुरामा नगरपालिका सकारात्मक रहेको जानकारी गराउनुभयो । उहाँले अपांगता सञ्जाल सँग आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने कुरामा नगरपालिकाले छलफल गर्ने बताउनुभयो । कार्यक्रममा २ जनालाई सहायक सामाग्री समेत वितरण गरिएको थियो ।

Leave a Reply