नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक क्षेत्र न. २ बाट पनि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि २ नम्बरबाट प्रत्यक्ष तर्फ युवराज दुलाल र चन्द्र ब थापा सिफारिस हुनुभएको छ ।
पार्टीले क्षेत्र न. २ बाट समानुपातिक तर्फ तीन जनाको नाम सिफारिस गरेको छ । दलित कोटामा बलराम बि।क र जनजातीबाट उद्दन आले मगर र ठुलोबाबु श्रेष्ठ सिफारिसमा पर्नुभएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ अन्तरगत प्रदेश “क” बाट प्रत्यक्षतर्फ ४ जना र समानुपातिकका लागी ६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ जानुका पराजुली, चिरञ्जीवी आचार्य, श्यामकृष्ण श्रेष्ठ र गोबिन्द पराजुली रहनुभएको छ भने समानुपातिकमा जनजातीबाट वीर बहादुर तामाङ, ललित श्रेष्ठ, श्याम सुन्दर श्रेष्ठ र चिन बहादुर तामाङ तथा अल्पसंख्यकबाट सुशील बहादुर माझी र महिला कोटामा बिनु खडका सिफारिस हुनुभएको छ ।
यता क्षेत्र नं. २ अन्तरगत प्रदेश “ख” बाट प्रत्यक्षमा ३ जना र समानुपातिकमा ७ जना सिफारिसमा परेका छन् । प्रत्यक्षमा फुर्वा स्याङबो, भारत थापा र बिदुर चौलागाईं पर्दा समानुपातिक तर्फ जनजातिबाट लम्जुम शेर्पा, अर्जुन लोप्चन र महेसलाल श्रेष्ठ, महिलाकोटामा मुना ढकाल, खस आर्यमा श्याम खड्का, दलित कोटामा रोहिणी बिक र घाइते अपांगको तर्फबाट गोपाल नेपाल सिफारिस हुनुभएको छ ।