रेडियो मिसन, हेलम्बु ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकामा शिक्षण केन्द्र (टिचिङ सेन्टर) केन्द्र स्थापना गरेको छ । पालिकाको शैक्षिक गुणस्तर विकासको लागि यो अवधारणामा आजबाट टिचिङ सेन्टर सुरु गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । २१ औं शताब्दिको शिक्षालाई बस्तुवादी, वैज्ञानिक, व्यवहारिक र जिवनोपयोगी बनाउन यो अवधारणा ल्याईएको उहाँको भनाइ छ ।
विद्यार्थीको वर्तमान आवश्यकता, ज्ञान, क्षमता र प्रविधिलाई संकेन्द्रित गर्ने योजना अनुसार टिचिङ सेन्टर स्थापना गर्ने प्रयास नेपालकै अन्य पालिका मध्येकै पहिलो भएको अध्यक्ष शेर्पाको दावी छ ।
यो मोडेलमा विद्यार्थीहरुले आवश्यकता अनुसारको विषय छनौट गरेर अध्ययन गर्न सक्ने उहाँको भनाइ छ । गाउँसभाबाट नीतिगत रुपमै टिचिङ सेन्टर स्थापना गर्ने योजना अघिबढाइएको शेर्पाले बताउनुभयो ।
सो योजनाको आर्थिक व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टाईले बताउनुभयो । उहाँका अनुसार १२ कक्षामा शिक्षकहरुको दरबन्दी अभाव हुँदा प्रत्येक प्लस टु विद्यालयमा दुई–दुईजना मात्र शिक्षक दरबन्दी रहेका छन् ।
