मेलम्चीमा रेष्टद्वारा परियोजनाको सामाजिक परिक्षणको नतिजा सार्वजनिकीकरण कार्यक्रम

* # समाचार समाज सिन्धुपाल्चोक

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेष्ट) काठमाडौको आयोजना, अमेरिकन हिमालय फाउन्डेसन काठमाडौँको सहयोग, मेलम्ची नगरपालिकाको समन्वय र असल शासन फाउन्डेसन काठमाडौको सहजीकरणमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेष्ट) द्वारा संचालित क्न्त् र ब्ःब्च् परियोजनाको सामाजिक परिक्षणको नतिजा सार्वजनिकीकरण कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा र उप– प्रमुख उमा प्रधानको विशेष आतिथ्यमा सप्पन्न भएको छ ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी २०४९ मा स्थापना भै हाल १८ जिल्लामा यस कार्यक्रम भैरहेको र २२ हजार विद्यार्थीहरु यस संस्थाबाट लाभान्वित भैरहेका छन् । कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीद्वारा संचालित क्न्त् र ब्ःब्च् परियोजनाको बारेमा जानकारि गराइएको थियो । कार्यक्रममा प्रस्तुतीकरण र छलफलका क्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उप– प्रमुख उमा प्रधान र कार्यक्रमका सभापति श्रद्धा थापाले दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग गर्नुभएकोमा संस्थाप्रती धन्यवाद व्यक्त गर्नुभयो । नगरपालिकाका कुनै बालबालिकाहरु शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने नगरको प्राथमिकता हो र हुन नदिनुपनी स्थानिय सरकारको दायित्व हो त्यसैले स्थानीय, प्रदेश र संघिय सरकारले शिक्षामा धेरै लगानी गरेको उहाँले बताउनुभयो ।

उहाँले यहाँहरुको गाउँठाउँमा पनि शिक्षा बाट वञ्चित भएका कोहि विद्यार्थीहरु छन् भने नगरपालिकामा जानकारी गराँउन अनुरोध समेत गर्नुभयो र जानकारी आउँना साथ नगरपालिका र विभिन्न संघ संस्थाको सहयोगमा पठनपाठन सुचारु गर्ने बताउनुभयो । उहाँले मेलम्ची नगरपालिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्नुहुने सम्पूर्र्ण संघ संस्थालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा बोल्दै विशेष अतिथी एवम् मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले रेष्ट संस्थाको कार्यक्रम अतिनै प्रभावकारी भएको बताउनुभयो ।

उहाँले संस्थाले धेरै विद्यार्थीहरु उत्पादन गर्नुभएको छ र उत्पादन गर्नुभएको विद्यार्थीहरुले उच्च शिक्षा समेत हाँसिल गरेका छन् अब बाँकी रहेका विद्यार्थीहरुले पनि यस्तै शिक्षा हाँसिल गर्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाले सहयोग गरेको विभिन्न विद्यार्थीहरु अहिले यसै नगरपालिका र विभिन्न संघ संस्थमा काम गर्दै हुनुहुन्छ त्यो देख्दा आफुलाई निकै खुशी लागेको बताउनुभयो । उच्च शिक्षा हाँसिल गर्न लाग्नुभएका विद्यार्थीहरुलाई आफुले पढाईलाई निरन्तरता दिँदै जानुहोस् र नसकेको खण्डमा नगरपालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अमेरिकन हिमाल फाउन्डेसनका प्रतिनिधिले आगामी कार्यक्रममा पनि संस्थाले चाहेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिले सम्म सञ्चालित कार्यक्रमहरुले सफलता मिलेको छ त्यसै गरि आगामी कार्यक्रम पनि यस्तै सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङ, महिला आत्मा निर्भरता केन्द्र ( माङ्क ) का अध्यक्ष सन्चमाया स्याङ्बो लगायतले आफ्नो भनाई राख्नुभएको थियो भने रेस्ट सस्ंथाले सहयोग गरेका विद्यार्थी अभिभावकहरुले आफ्नो अनुभव सुनाउनु भएको थियो ।

श्रद्धा थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मेलम्ची नगरपालिका महिला बालबालिका तथा समावेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply