रेडियो मिसन ।
मेलम्ची नगरपालिका भित्रका सहकारी संस्थाका प्रबन्धक तथा व्यबस्थापकका लागि सहकारी कोष सम्पादन सम्बन्धी ३ दिने तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा कार्यक्रमको अध्यक्षता मेलम्ची नगरपालिका नगरप्रमुख आइतमान तामाङको अध्यक्षता र उपप्रमुख उमा प्रधान आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजिकरण सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका सहकारी प्रशिक्षक नवीन मैनालीले गर्नुभएको थियो । “एकका लागि सबै र सबैका लागि एक, भन्ने भावना र व्यबहार मार्फत व्यक्ति, परिवार, समाज र राष्ट्रको आर्थिक तथा सामाजिक उत्थानका लागि गरिने एकीकृत प्रयास नै सहकारी हो” भन्ने भनाई सहित भएको तालिममा नगर भित्रका ३१ वटा सहकारीका प्रबन्धक तथा व्यबस्थापकहरू उपस्थिति रहेको थियो ।
तालिमका सहभागीहरुलाई नगरप्रमुख तामाङ र उप प्रमुख प्रधानले संयूक्त रुपमा प्रमाणपत्र बितरण गर्नुभएको उपप्रमुखको सचिवालयले जनाएको छ ।










