मेलम्ची नगरपालिका वडा नम्बर ५ मा रहेको सिन्धुकोट स्वास्थ्य चौकीको मेलम्ची नगर प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभएको छ । आज एका कार्यक्रमका विच स्वास्थ्य चौकीको उद्घाटन गरीएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख आइतमान तामाङले निर्माणको क्रममा केही कमी कमजोरी भएकाले भवन उद्वाटन ढिला भएपनि नागरिकले धेरै नै लाभ लिन सक्ने बताउनुभयो । गाउँघर क्लिनिक, सुरक्षित मात्रित्व जस्ता सेवाहरू नजिकैको स्वास्थ्य संस्थाबाट पाउनु खुसिको कुरा भएको उहाँले बताउनुभयो । बर्थिङ सेन्टर भएको स्वास्थ्य चौकीमा ल्याबको सेवा प्रदान गर्ने बिषयमा छलफल भएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीको जग्गा मिचिएको विषयमा नापजाँच गर्न प्राविधिक टोलि खटाउने नगर प्रमुख तामाङले बताउनुभयो ।
अरुले गरेका राम्रा कामहरुमा पार्टीगत नभई राम्रोलाई राम्रो भन्न सक्नुपर्ने तामाङको भनाई थियो । आफु निर्वाचित भएपश्चात नगरपालिकामा धेरै कामहरू भईरहेको पनि प्रमुख तामाङले बताउनुभयो । नगरस्तरीय अस्पताल सिन्धु भ्यालीमा राख्ने विषयमा छलफल भईरहेको उहाँल्े बताउनुभयो । मेलम्चीमा बनिरहेको अस्पताल प्रदेश स्तरीय बनाई धुलीखेलमा दिने सेवा नगर अस्पताल र प्रदेश स्तरीय अस्पताल बाट लिन सकिने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा के कस्ता काम गर्नुपर्छ योजना लिएर आउन उहाँले आग्रह गर्नुभएको छ । नगरबासीलाई स्वस्थ राख्न निशुल्क स्वास्थ्य शिविर राख्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्का, मेलम्ची ५ का पुर्व वडा अध्यक्ष सुदर्शन लुइटेल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
भारतीय दुतावासको आर्थिक सहयोग स्वास्थ्य चौकी निर्माण भएको हो । सहरी बिकास कार्यालय रामेछाप बाट ठेक्का प्रकृया भई ह्याविटेट न्यु ड्राईगन जेविले स्वास्थ्य चौकी भवन निर्माण गरेको हो । करिव २ करोड लागतमा निर्माण भएको उक्त भवन १ बर्ष ६ महिनामा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्ष मेलम्ची ५ का वडा अध्यक्ष राजु रायमाझीले अरूलाई लखेट्दै गर्दा आफुलाई पनि लखेट्ने कुरामा ख्याल गर्न आग्रह गर्नुभयो । बिहान बेलुका नभनि सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह पनि गर्नुभयो ।











