नेपाल रेडक्रस सोसाइटी मेलम्ची उपशाखाको साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सभापति राजेन्द्रमान ताल्चाभँडेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मेलम्ची नगरपालिका वडा नम्बर ९ को गुफाडाँडामा अधिवेशन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आइतमान तामाङले रेडक्रसले विपद लगाएत विभिन्न क्षेत्रमा काम गरीरहेको बताउनुभयो । पर्यटन र कृषि क्षेत्रमा रेडक्रसले काम गर्न बाँकि रहेकोले अब त्यतातिर पनि ध्यान दिनुपर्ने बताउनुभयो । नगरपालिकाका विभिन्न ठाँउमा खानेपानि लगाएतका भौतिक पुर्वाधारको काम गरीरहेको जानकारी दिनुभयो । पालिकाले साझेदारी गरेर गरीने कार्यक्रमका लागि नगरपालिका तयार रहेकोले कार्यक्रम बनाएर आउन आग्रह गर्नुभयो । रेडक्रसको भवन निर्माणका लागि उपयुक्त ठाउँ भएमा नगरपालिका रेडक्रससंग साझेदारी गर्न तयार रहेको प्रमुख तामाङले बताउनुभयो । समाजसेवाको हिसाबले रेडक्रसले धेरै काम गरीरहेको र आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनको लागि शुभकामना दिनुभयो । नंया कार्यसमिति सर्वसम्मत रूपमा र विवाद रहित तरीकाले सम्पन्न गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सभापति राजेन्द्रमान ताल्चाभन्डेल, इन्द्रावती क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ, मेलम्ची ९ का का वडा अध्यक्ष किरणदीप खड्का, मेलम्ची १० का वडा अध्यक्ष अमृत खनाल, मेलम्ची ७ का पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, मेलम्ची ११ का पुर्व वडा अध्यक्ष रुद्र प्रसाद दुलाल लगाएतले शुभकामना मन्तब्य राख्नुभएकाे थियो ।
आज भएको कार्यक्रममा आजिवन सदस्यहरुलाई सदस्यता वितरण गरीएको थियो । अधिवेशनले आज नै नँया नेतृत्व चयन गर्ने छ ।


