धौले सिन्धु पर्यटन सहकारीको प्रथम साधारणसभा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

धौले सिन्धु पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा तथा सहकारिमा आवद्ध शेयर सदस्य हरुको बनभोज कार्यक्रम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिकाको पर्यटकिय स्थल धौलेमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले कति पय सहकारी हरुले बिभिन्न ठाउँमा लगानी गरेर पैसा उठाउन न सकेपछी भाग्ने गरेकाले धेरै सेयर सद्स्य हरु मारमा परेका बताउनुभयो सहकारिले पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउनु पर्नेमा उहाँले जोड्दिनुभयो । उहाँले यहाँका ब्यक्ती हरु आफैँ न लागि अन्य स्थानबाट आएका पर्यटक हरुलाई हाम्रो स्थानमा भएको धार्मिक तथा सान्स्कृतिक स्थानहरुको विकास नहुने बताउनुभयो । उहाँले आन्तरिक पर्यटनमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथी एवम मेलम्ची नगरपालिकाका पुर्व उप प्रमुख भगवती नेपालले सहकारिले पर्यटक हरुलाई यस रमणिय स्थानहरुको अवलोकन गर्न सहजता प्रदान गर्नेमा आफू बिस्वस्त रहेको बताउनु भयो । पहिला आफ्नै स्थानिय तहमा रहेको पर्यटकिय स्थलमा भ्रमण गर्न उहाँले आग्रह गर्नुभयो । आफ्नै स्थानिय तहका लोकल खाना , कलालाई प्राथमिकता दिन उहाँको आग्रह थियो ।

सहकारी संथाको कार्य क्षेत्रभित्र रहेको विभिन्न पर्यटन, धार्मिक पर्यटन साँस्कृतिक पर्यटन, कृषी पर्यटन लगाएत पर्यटनका विविध क्षेत्रमा संस्थाको आफ्नै लगानिमा र अन्य व्यावसायिक संघ संस्थासँग समन्वय गरि पर्यटन क्षेत्रको विकाश गर्दै सद्स्यहरुको समृद्धिका लागि सहकारी संस्था सन्चालनमा रहेको सहकारी संस्थाका अध्यक्ष बिनोद लुइटेलले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको १२ वटा पालिका सहित काठमाडौको शंखरापुर नगरपालिका, कागेस्वरी मनोहरा नगरपालिका, गोकर्णेस्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र काठमाडौ महानगरपालिका गरि १७ वटा स्थानिय तहमा कार्य क्षेत्र रहेको अध्यक्ष लुइँटेलले जानकारी दिनुभयो ।

यस सहकारी संस्थाले विभिन्न निकायसँग समन्वय गरि पर्यटन प्रबर्द्धनको प्रचार प्रसार गरि यस पर्यटकिय स्थलमा होटेल तथा रिसोर्टहरु स्थापना गर्ने र यहाँका पर्यटकिय स्थलको अर्गानिक बस्तुहरुलाई बजारिकरणका लागि सहजीकरण गर्ने आगामी योजना रहेको सहकारिका संचालक समितिका सदस्य शालिकराम अधिकारिले जानकारी दिनुभयो ।

यस संस्थामा हाल सम्म ७३ जना शेयर सदस्य रहनुभएको र अन्य सदस्यता वितरणको चरणमा रहेको बताइएको छ । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु रायमाझी , पुर्व वडा अध्यक्ष सुदर्शन लुइँटेल विभिन्न विद्यालयका प्रधानाध्यापक लगाएतको उपस्तिथि रहेको थियो ।

Leave a Reply