राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु चार करोड ३३ लाख ८६ हजार २ सय राजस्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक बर्षमा ६ हजार ९ सय ३३ जनाले राहदानी लिएका छन् ।
कोरोना महामारी कम हुँदा वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
१२ स्थानीय तह रहेको यस जिल्लाबाट एक वर्षको अवधिमा ७ हजार ९ सय १९ फाराम संकलन भएको थियो । ६ हजार नौ सय ३३ थान राहदानी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट वितरण गरिएको हो ।
कर्यालयले जनाए अनुसार वैदेशिक रोजगारीका लागि तिन हजार ५ सय ५५ महिला तथा चार हजार ७ सय ९९ पुरुषले राहदानी लिएका हुन । केहिले भने राहदानी लिन नआउने गरेको कार्यालयले जनाएको छ ।