इन्द्रावतीमा किसान चौतारी कार्यक्रम हुने

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
इन्द्रावती गाउँपालिकामा किसान चौतारी छलफल कार्यक्रम हुने भएको छ ।

राष्ट्रिय कृषक समुह महासंघ नेपाल, इन्द्रावती गाउँपालिको आयोजनामा हुने कार्यक्रममा इन्द्रावती गाउँपालिका भित्र कृषिको क्षेत्रमा भए गरेका गतिविधि र आगामी दिनमा गरिने कार्यक्रम तथा कृषि ऐन लगायतका विषयमा छलफल हुने संघका गाउँपालिका अध्यक्ष ज्ञानबहादुर गिरीले जानकारी दिनुभयो ।

छलफल कार्यक्रम जेठ १७ गते बिहिवार गाउँपालिकाको सभाहल नवलपुरमा हुने अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

साथै उक्त दिन गाउँपालिका भित्रका सबै कृषक समुह तथा समुहका सदस्यहरु, कृषि सहकारीमा आबद्ध ब्यक्तिहरु लगायत सबै कृषकहरुमा उपस्थितीको लागी आयोजकले आह्वान पनि गरेको छ ।

Leave a Reply