इन्द्रावती गाउँपालिकाको यो वर्षको सिकाई उपलब्धी मुल्यांकनको क्रममा छौ : अध्यक्ष नेपाल

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको यो वर्षको सिकाई उपलब्धी मुल्यांकनको क्रममारहेको बताउनुभयो । आफूहरु निर्वाचित भएर आउँदा जम्मा ४७ प्रतिशत रहेको सिकाई उपलब्धी गत वर्षमा बढेर ६२ प्रतिशत पुगेको र अहिले मुल्यांकनको क्रममा रहेको बताउँदै यो वर्ष यो बढेर ७० प्रतिशत हाँसिल गर्ने मान्यता र दृष्टिकोणको आधारमा अघि बढिरहेको बताउनुभयो ।

नवलपुर भ्याली स्कुलको पहिलो वार्षिकोत्सव, सम्मान तथा पूर्व प्रा बि दिक्षन्त एवं अभिभावक भेला कार्यक्रमका बिशेष अतिथी इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको शैक्षिक गुणस्तर तथा सिकाई उपलब्धी बृद्धि गर्न नवलपुर भ्यालीको पनि योगदान रहने भएकोले यसबाट गउँपालिकाको निति तथा कार्यक्रम कार्यन्वयन गर्न मद्दत पुगेको धारणा राख्नुभयो ।

यस ठाउँमा नवलपुर भ्याली स्कुलको स्थापना भएदेखिनै गुणस्तिरीय शिक्षाको अभावमा गाउँपालिकाबाट अन्य स्थानमा बसाई सरी गएका करिव २० परिवारहरु फर्किसकेको सुचना पाएको बताउँदै यो एउटा ठूलो उपलब्धी रहेको बताउँदै स्थापनाको छोटो समयमानै बिद्यालयले बिद्यार्थी संख्या, सिकाई उपलब्धी तथा अभिभावक प्रति बिद्यालयमा आकर्ष गर्ने हिसावले निर्वहा गरेको भुमीका प्रति खुशी बिद्यालयप्रती खुशी ब्यक्त गर्दै अध्यक्ष नेपालले धन्यबाद पनि दिनुभयो ।

साथै प्रतिस्पर्धाको यो जमानमा स्वच्छ प्रतिस्पर्धा सहित श्रेष्ठता हाँसिल गर्न शुभकामना पनि दिनुभयो । त्यस्तै बिद्यालयको सम्मुन्नती र बिकाशको लागी गाउँपालिका तथा वडाहरुले के भुमिका निर्वहा गर्नपर्छ त्यसमा तत्पर रहेको पनि प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply