रेडियो मिसन, नवलपुर ।
नवलपुर भ्याली स्कुलले आफ्नो वार्षिकोत्सव मनाएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता सहित बिद्यालयको वार्षिकोत्सव, सम्मान तथा पूर्व प्रा. बि. दक्षन्त एवं अभिभावक भेला सम्पन्न गरेको हो । कार्यक्रममा पूर्व प्राथमिक तह (यू.के.जी.) कक्षा उतिर्ण गरी कक्षा एकमा प्रबेश गरेका २० जना बिद्यार्थीहरुलाई दिक्षित समेत गरेको छ । साथै यस शैक्षिक सत्रमा अघिल्लो कक्षा पार गरी माथिल्लो कक्षामा प्रबेश गरेका सबै बिद्यार्थीहरुलाई सम्मान गरेको छ । बिद्यालयका शिक्षक तथा कर्मचारीका साथै बिद्यालयसँग जोडिएका सबै ब्यक्ति ब्यक्तित्वहरुलाई पनि सम्मान गरेको छ ।
कार्यक्रको अवसरमा बिभिन्न बिधामा चार जनालाई सम्मान गरेको छ । नवलपुर भ्याली स्कुल पत्रकारिता सम्मानबाट सिन्धुपाल्चोकका सक्रिय पत्रकार तथा रेडियो मेलम्चीका स्टेशन मेनेजर देवराज सुवेदी, नवलपुर भ्याली स्कुल साहित्य सम्मानबाट पत्रकार तथा साहित्यकार मित्र मणीसुन्दर कोइराला, नवलपुर भ्याली स्कुल कला सम्मानबाट लोक गायक नवराज घोरासैनी र नवलपुर भ्याली स्कुल शिक्षा सम्मानबाट एरोन लेप्चालाई सम्मान गरिएको छ ।
कार्यक्रमको अवसरमा बागमती प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलाल शरदले देशको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ । दुलालले देशमा ठूलो राजनैतिक परिवर्तन भए पनि शैक्षिक परिवर्तन बिना हाम्रा सन्ततीहरुले यो देशनै उपयोग गर्न नपाउने अवस्था आउनसक्ने बताउनुभएको हो ।
ब्यक्तिलाई क्षमताको हिसावले शसक्त बनाउनु मात्रै हाम्रो सफलता नभई दुष्टिकोण, बिचार र भावनात्मक रुपमा पनि शसक्त बनाउन जरुरी रहेकोले त्यसलाई केन्द्रमा राखेर शिक्षा प्रदान गर्नुपर्ने उहाँको धारणा थियो ।
नेपालमा उत्पादन भएका शैक्षिक जनशक्तीलाई देशमै बस्ने रम्ने र काम गर्ने र देशको बिकाश गर्ने वातावरण बनाउन सक्नुपर्ने बताउँदै काम गर्न घुम्न पढ्न जुन देश गएपनि देशको नागरिकता त्याग गरी बस्नपर्ने अवस्था आउन दिन नहुने बताउनुभयो ।
देश बनेन र बनाएन भनेर गाली गरेर मात्रै बिकाश नहुने भएकोले हामी आफैले बनाउने अठोटका साथ अघि बढेर मेहनत नगरेसम्म बिकाश हुन नसक्ने मन्त्री दुलालको भनाई थियो ।
साथै यस बिद्यालयले छोटो समयमै गरेको यो प्रगती र प्राप्त गरेको सफलता देख्दा खुशी लागेको बताउँदै अझ सफलताको शुभकामना पनि ब्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथी इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको यो वर्षको सिकाई उपलब्धी मुल्यांकनको क्रममारहेको बताउनुभयो । आफूहरु निर्वाचित भएर आउँदा जम्मा ४७ प्रतिशत रहेको सिकाई उपलब्धी गत वर्षमा बढेर ६२ प्रतिशत पुगेको र अहिले मुल्यांकनको क्रममा रहेको बताउँदै यो वर्ष यो बढेर ७० प्रतिशत हाँसिल गर्ने मान्यता र दृष्टिकोणको आधारमा अघि बढिरहेको बताउनुभयो । गाउँपालिकाको शैक्षिक गुणस्तर तथा सिकाई उपलब्धी बृद्धि गर्न नवलपुर भ्यालीको पनि योगदान रहने भएकोले यसबाट गउँपालिकाको निति तथा कार्यक्रम कार्यन्वयन गर्न मद्दत पुगेको धारणा राख्नुभयो ।
यस ठाउँमा नवलपुर भ्याली स्कुलको स्थापना भएदेखिनै गुणस्तिरीय शिक्षाको अभावमा गाउँपालिकाबाट अन्य स्थानमा बसाई सरी गएका करिव २० परिवारहरु फर्किसकेको सुचना पाएको बताउँदै यो एउटा ठूलो उपलब्धी रहेको बताउँदै स्थापनाको छोटो समयमानै बिद्यालयले बिद्यार्थी संख्या, सिकाई उपलब्धी तथा अभिभावक प्रति बिद्यालयमा आकर्ष गर्ने हिसावले निर्वहा गरेको भुमीका प्रति खुशी बिद्यालयप्रती खुशी ब्यक्त गर्दै अध्यक्ष नेपालले धन्यबाद पनि दिनुभयो ।
साथै प्रतिस्पर्धाको यो जमानमा स्वच्छ प्रतिस्पर्धा सहित श्रेष्ठता हाँसिल गर्न शुभकामना पनि दिनुभयो । त्यस्तै बिद्यालयको सम्मुन्नती र बिकाशको लागी गाउँपालिका तथा वडाहरुले के भुमिका निर्वहा गर्नपर्छ त्यसमा तत्पर रहेको पनि प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओमप्रकाश उप्रेती, इन्द्रावती गाउँपालिकाका प्रवक्ता वडा नम्बर ५ का अध्यक्ष सशिनाथ आचार्या, वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ, वडा नम्बर ७ का अध्यक्ष रविन्द्रकुमार खाती, वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरि, वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापा विभिन्न निजि विद्यालयका प्रतिनिधि लगायत शिक्षासेवि तथा समजसेवी हरुको उपस्थिति रहेको थियो ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष विमला पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गायक नवराज घोरासैनी,साहित्यकार सुन्दर शिरिष लगायत,विद्यार्थी लगायतले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।