मेलम्ची ।
निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन सिन्धुपाल्चोकको ११ औं जिल्ला अधिवेशन मेलम्चीमा सम्पन्न भएको छ । प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरूङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बिद्यार्थीलाई किताबमा मात्रै केन्द्रीत नगराई फरक तरीकाको प्रयोग गरी पढाउनुपर्ने बताउनुभयो । साथै बिद्यार्थीहरुलाई शिक्षामा मात्रै नभई खेल तथा अन्य क्षेत्रमा समेत राष्ट्रियस्तरमा जान सक्ने बनाउनुपर्ने बताउँदै गुणस्तरीय शिक्षामा धेरै राम्रो काम भईरहेको बताउनुभयो । उहाँले अब आउने शिक्षा बिधेयकमा के आउँछ र कस्तो आउँछ भन्ने अहिले सम्म टुंगो नभएको बताउनुभयो । अब आउने विधेयकबारे अलि चनाखो भएर अध्ययन गर्नुपर्ने बताउनुभयो । निजि तथा आवासिय विद्यालयहरूले लिएको फि बापत सेवा सुविधा पनि दिएको विद्यालयहरूले सामाजिक सञ्जालहरूको प्रयोग गरि वेवसाईडहरू व्यवस्थित बनाएर चलाउनुपर्ने उहाँको धारणा थियो । उपाध्यक्ष गुरुङले सञ्चारकर्मीहरूले पनि प्याब्सन संग सहकार्य गरि विशेष लेख वा श्रृखला प्रसारीत वा प्रकाशित गरि खोजमुलक सामाग्रि तयार गर्नुपर्ने बताउनुभएको छ । विद्यालयमा भएका राम्रो वा नराम्रो कामको बारेमा खवरदारी गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बागमति प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठले सिन्धुपाल्चोकले आमन्त्रण गरेकोमा खुसि लागेको बताउँदै अधिवेशन सफलताको कामना गर्नुभयो । बागमति प्रदेशका अधिकांश जिल्लामा सम्पन्न भईसकेको जानकारी दिँदै निजि विद्यालयहरूले शिक्षण सिकाईमा नंया अभ्यास गर्नुका साथै प्रभावकारी काम गरीरहेको र एकता र सहकार्यमा सबै कुरा सम्भव हुने उहाँको भनाई थियो ।
कार्यक्रमका सभापती तथा प्याब्सन जिल्ला अध्यक्ष ओमप्रकाश उप्रेतीले ३ बर्षे कार्यकाल सफलताको साथ निर्वाह गरेको बताउनुभयो । शिक्षा जस्तो गौरवान्वित पेशा अरू कुनै नभएको बताउँदै संख्यात्मक रूपमा थोरै भएपनि धेरै राम्रो काम गरेको दाबी गर्नुभयो । प्राकृतिक विपत्तिहरूमा विद्यालयहरूले धेरै समस्या भोगेपनि राज्यले त्यसतर्फ चासो नदिएको गुनासो समेत गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै मेलम्ची कम्युनिटी माबिका दिनेश बस्नेतले बाढिपछि मेलम्चीमा कार्यक्रम राख्नु खुसिको कुरा भएको बताउनुभयो । समयको चापको विचमा पनि अतिथिहरू आउनुभएकोमा आभार ब्यक्त गर्दै अधिवेशनमा सबैको साथ र सहयोगले आफूले अध्यक्षको उम्मेदवारी दिने जानकारी दिनुभयो । बाढिले विद्यालयमा क्षति पुग्दा पनि ४५० विद्यार्थी सहित विद्यालय सञ्चालनमा रहेको समेत बताउनुभयो ।
नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रूव दंगालले सामाजिक उत्तरदायित्व वहन गरि केही विद्यालयहरूले सञ्चारकर्मीहरूका नानिबाबुलाई निशुल्क अध्यापन गराईरहेको जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन प्याब्सन जिल्ला सचिव बुद्धिप्रसाद आचार्य गर्नुभएको थियो भने अधिवेशनले आज नै नँया नेतृत्व चयन गर्ने छ । अध्यक्षको लागी बुद्धिप्रसाद आचार्य र दिनेश बस्नेत आकांक्षी रहेका छन् ।
कार्यक्रममा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओम प्रकाश उप्रेती, प्याब्सन केन्द्रीय उपाध्यक्ष थकिन कुमार गुरुङ, बागमति प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठल, बागमति उपाध्यक्ष सानुराजा कार्कि, काभ्रे प्याब्सन अध्यक्ष श्याम भुजेल, कर्मा वाङ्गेल लामा, बागमति सचिव ऋषिराम नेपाल, जिल्ला सल्लाहकार दुर्गा थापा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रूव दंगाल लगायत प्याब्सनमा आबद्ध १९ वटा विद्यालयका प्रतिनिधिहरू सहभागि भएका थिए ।