विनोद नेपाल स्मृति फाउण्डेसनद्वारा वृद्धवृद्धालाई फलफूल बितरण

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, काठमाडौँ । 
विनोद नेपाल स्मृति फाउण्डेसनले पशुपतिको समाज कल्याण केन्द्र वृद्धाश्रम रहेका करिव १०० जना वृद्धवृद्धाहरूलाई फलफुल बितरण गरेको छ ।

विनोद नेपालको जन्मदिनको अवसर पारेर आज एक कार्यक्रमका बिच उहाँको सम्झनामा स्थापित फाउण्डेसनले फलफूल वितरण गर्नुका साथै वृद्धवृद्धाहरूलाई खाना खुवाउनको लागी वृद्धाश्रमलाई दान स्वरूप २५ हजार समेत प्रदान गरेको फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो ।

छोरा विनोदको जन्मदिनमा बर्सेनि यस्ता कार्यक्रम गर्दै आएको विनोदका बुवा तथा फाउण्डेसनका अध्यक्ष नेपालले जानकारी दिनुभयो । “आत्मा सन्तुष्टि होस भनेर यो कार्यक्रम गरिएको हो“, नेपालले भन्नुभयो “पोहोर साल सांसद गगन कुमार थापाले उद्घाटन गरेर सुरु भएको कार्यक्रम यो वर्षपनि निरन्तर गरिएको हो ।”

फलफूल पाएपछि वृद्धाश्रमका वृद्धवृद्धाहरू खुसी भएका छन । आफन्तहरू समेत भेट्न नआउने गरेको दुखेको पोख्दै एक वृद्धा भगवती सिग्देलले भन्नुभयो “मलाई भेट्न कोही आउँदैनन्, तपाईंहरू भएपनि कहिलेकाहीँ आउँदै गर्नुस् है ।” उहाँले फाउण्डेसनलाई धन्यवाद दिनुभयो ।

समाजसेवी डा. गंगादत्त नेपालको छोरा विनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उहाँको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

Leave a Reply