ग्यास बिस्फोटका घाइतेलाई एमालेको आर्थिक सहयोग

* # अर्थ बाणिज्य समाज सिन्धुपाल्चोक

रेडियो मिसन

ग्यास बिस्फोट भइ घाइते भएका परिवारलाई नेकपा एमालले सहयोग गरेको छ । काठमाण्डौंको बौद्ध नयाँ बस्ती स्थित एक घरमा भएको विस्फोटमा परी ९ जना घाईते भएका थिए ।


नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला पाटी कमिटीले घाईतेका परिवारलाई आर्थिक सहयोग गरेको हो । ग्यास बिस्फोटबाट ९ जना घाइते भएका छन् । घाईतेमध्ये ७ जना भोटेकोसी गाँउपालीकाका रहेका छन् । हाल उनीहरुको साँखुस्थित सुस्मा कोईराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री अरुण नेपाल, बाह्रबिसे नगरपालिकाका पूर्व प्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पा लगायतको टिमले पीडितलाई राहत स्वरुप १ लाख ४१ हजार ३५ रुपैयाँ सहयोग गरेको अनेरास्ववियु बार्हबिसे नगरकमिटी उपाध्यक्ष दावादोर्जे तामाङले जानकारी दिनुभयो ।


बाह्रबिसे नगरपालिकाका पूर्व प्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाको पहलमा रकम संकलन गरिएको हो ।

Leave a Reply