सिन्धुपाल्चोकमा ३ हजार ९ सय ५२ मतदाता थपीएका छन् । थपिएकामध्ये पुरुष मतादाताको संख्या २ हजार १ सय ८३ रहेको छ भने महीला मतदाताको संख्या १ हजार ७ सय ६९ रहेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा २ लाख ५५ हजार ७ सय १२ मतदाताले मताधिकार प्राप्त गरेका थिए ।
स्थानीय तहको निर्वाचन पश्चात नयाँ मतदाताहरुको लागि असार १ गते देखि फोटो सहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । नेपाल सरकारले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने मिति साउन १९ गते तोकेपछि २० गतेबाट मतदाता नामावली संकलन कार्य रोकिएको थियो ।
असार १ गतेदेखि श्रावण २० गतेसम्ममा जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयबाट विवरण सँकलन गरीएको जिल्ला निर्वचन अधिकारी बिकास रीजालले जानकारी दीनुभयो । थप भएका सहित आँउदो निर्वाचनका लागी सिन्धुपाल्चोकमा कुल मतदाताको संख्या २ लाख ६१ हजार ६ सय १७ पुगेको निर्वाचन अधिकारी रीजालले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ वटा र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ४ वटा रहेको छ । त्यस मध्ये प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ६७ हजार १ सय ७६ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा ६४ हजार २ सय ५९ जना मतदाता रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा ६३ हजार ३ सय ८० जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ६६ हजार ८ सय २ मतदाता रहेका छन् । आगामी मंसिर ३ गते १८ वर्ष पूरा भएका र फोटो सहितको मतदाता नामावलीमा नाम समावेश भएका नागरिकहरुले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन अधिकारी रीजालले जानकारी दीनुभयो ।
मतदाता नामावली प्रति दाबी विरोध भएमा त्यसको छानबिन गरिने उहाँको भनाई छ । मतदाता नामावली अद्यावधिक प्रश्चात हाल कायम भएका मतादाताहरुको संख्यामा थपघट हुने उहाँले जानकारी दीनुभएको छ ।
सिन्धुपाल्चोकको १२ स्थानीय तहमा हाल १ सय ४४ मतदान स्थल र ३ सय १६ वटा मतदान केन्द्र रहेको छ ।