ग्यास बिस्फोटमा घाइते भएकालाई भोटेकोसी गाउँपालिकाद्धारा ९ लाख सहयोग

* # अर्थ बाणिज्य पालीका खबर समाचार सिन्धुपाल्चोक

रेडियो मिसन


खाना पकाउने ग्यास बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भएका भोटेकोशी गाउँपालिकाका ९ जना घाइते लाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।


हिजो काठमाडौं बौद्धस्थित एक चिया पसलमा ग्याँस बिस्फोट भइ आगलागि मा परि भोटेकोशी गाउँपालिका –५ छ्यादिका ५ , भोटेकोशी –३ बोक्च्यान को २ जना र अन्य जिल्लाको सहित ९ जना सख्त घाईते भएका थिए ।


सो बिरामिहरु उपचारको लागि भोटेकोशि गाँउपालिकाले प्रत्येक बिरामिलाई तत्काल जनहि रु १ लाखका दरले ९ लाख रुपैया नगद सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिनुभयो ।


नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा सो सहयोग हस्तान्तरण गरिएको हो । घाइतेहरूलाई अध्यक्ष शेर्पा र पुर्वमन्त्री बस्नेतले काठमाण्डौको साँखु स्थित सुस्मा मेमोरियल हस्पिटलमा पुगि जनही रु.१ लाखको दरले सहयोग हस्तान्तरण गर्नुभएको छ ।

Leave a Reply