सिन्धु काँग्रेसले माग्यो प्रदेशमन्त्री सहीतका नेताहरुसंग स्पष्टीकरण

* # राजनीति समाचार सिन्धुपाल्चोक

नेपाली काँग्रेस, सिन्धुपाल्चोकको अनुशासन समितिले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा सहित विभिन्न तहका नेताहरुलाई स्पष्टीकरण माग गरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष निमाग्याल्जेन शेर्पाले गत असार १६ गते मन्त्री निमा सहित केही व्यक्तिले निर्वाचनमा आफुलाई सहयोग नगरेको भन्दै कारबाहीको लागि सिफारिस गर्नुभएको थियो ।


काँग्रेस महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिका निवर्तमान अध्यक्ष वंशलाल तामाङ, महाधिवेशन प्रतिनिधि जिमि लामा, हेलम्बु गाउँपालिका निवर्तमान उपाध्यक्ष कोपिला पण्डित, हेलम्बु गाउँपालिका वडा नं ५ र ७ का निवर्तमान वडाध्यक्ष क्रमश हर्कबहादुर तामाङ र खेतनाथ घिमिरेलाई समेत पाँच दिनभित्र जवाफ लिन पत्र काटिएको छ ।

Leave a Reply