ईन्द्रावती साना किसान कृषि सहकारीको ७ औं साधारणसभा सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।


ईन्द्रावती साना किसान सहकारी संस्था लिमिटेडको ७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच गन्तब्य स्वरोजगारीको, अभियान सहकारीको भन्ने मूल नाराको साथमा सहकारीले सातौं साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकामा नामका धेरै सहकारी भएपनि कामका थोरै मात्रै सहकारी रहेको बताउनुभयो । सक्रिय सहकारीको सुचिमा ईन्द्रावती साना किसान पनि रहेको बताउनुभयो । सहकारीहरुलाई सहकारीको सिद्धान्तको आधारमा सक्रियतापूर्वक अगाडी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पालिकाले राम्रो काम गर्ने सहकारीलाई पुरस्कारको व्यावस्था गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष सहकारी दिवसको अवसरमा ईन्द्रावती साना किसान सहकारीलाई पुरस्कृत गरीएको पनि उहाँले बताउनुभयो । पालिकामा मात्र नभई जिल्लामै अब्बल सहकारी बन्न लाग्नुपर्ने उहाँले बताउनुभयो । एउटा वडामा एकै उदेश्य रहेका सहकारीलाई एकिकृत गर्दै जाने निति बनाई सकारात्मक सुरुवात भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विषेश अतिथी सहकारी अभियान्ता तथा नेपाल कृषि सहकारी बागमती प्रदेश संघका अध्यक्ष डील्ली पाठकले सहकारीको वर्तमान अवस्था, सहकारी सञ्चालकको भूमीका, सेयर सदस्यको भूमिका, साधारण सदस्यको भूमिका लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो । साथै कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष चिनलाल तामाङ, वडा नम्बर २ का ववडा अध्यक्ष श्याम बहादुर गिरी, वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापा, वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्य, साना किसान विकास बैंक काठमाण्डौंका कृष्ण कुमारी शर्मा लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सहकारीको बार्षिक प्रतिवेदन, आर्थीक प्रतिवेदन र वित्तीय स्थीतीको प्रतिवेदनमाथी छलफल भएको थियो । साथै सहकारीले ६० बर्ष उमेर पुरा गरेका सदस्यहरु ३६ जनालाई सम्मान गरेको छ । कार्यक्रममा कलाकारहरु पुरुषोत्तम भण्डारी पुर्खे बा र सरस्वती अधिकारीले मनोरञ्जन दिलाउनुभएको थियो ।

Leave a Reply