हेटौँडा ।
कृष्णकुमार तामाङ समिर बागमती प्रदेश सभामा खानेपानी उर्जा तथा सिचाई मन्त्री बन्नुभएकाे छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्वाचित संसद तामाङ इन्द्र बानीयाँ नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बन्भनुएकाे हाे । तामाङले आजै पदभार ग्रहण समेत गर्नुभएकाे छ । तामाङ सँगै बागमतीमा कांग्रेसबाट मुख्यमन्त्री बानियाँसहित शिवराज अधिकारीलाई बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सपथ खुवाएका छन् । अधिकारीको लागि मन्त्रालय तोकेको छैन ।
यस्तै, एमालेका ६ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । एमालेका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, उद्योग मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा र वन मन्त्री भरत केसीले पद तथा गोपनियताको सपथ लिएका हुन् । १४ मन्त्रालय रहेका बागमतीमा एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्री सहित ७ मन्त्री पाउनेछन् । कांग्रेसभित्रको किचलोले कांग्रेसले ५ मन्त्री भने नियुक्त गरेको छैन । केही दिनमा मन्त्री नियुक्त गर्ने बताइएको छ ।