शैक्षिक समृद्धी ईन्द्रावतीको पहीलो प्राथमीकतामा छ : अध्यक्ष नेपाल

* # पालीका खबर विविध समाचार समाज सिन्धुपाल्चोक

शैक्षिक संमृद्विमा आम क्षेत्रको संमृद्वि प्राप्त हुने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपालले बताउनुभएको छ ।


बालबिकास सहजकर्ताको लागि ७ दिने क्षमता बिकास तालिम समापन तथा तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै आज उहाँले शिक्षा नभई अरू केही कुराहरू हाँसिल गर्न नसकिने बताउनुभएको हो । इन्द्रावती गाउँपालिकाले सबैभन्दा बढी रकम शैक्षिक समृद्विको लागि छुटाएको नेपालले जानकारी दिनुभयो । चालू आर्थिक बर्षको लागि शिक्षामा मात्रै गाउँपालिकाले सवा २ करोड छुटाएको उहाँले बताउनुभयो ।


शैक्षिक क्षेत्रलाई सबल बनाउन दक्ष जनशक्ति चाहिने उहाँले बताउनुभएको छ । तालिमको आयोजना गरी सबै सहजकर्तालाई सबल बनाई शिक्षाको सुरूवाती बालबिकास केन्द्रको विकास गर्ने उहाँले बताउनुभएको छ । बालबिकास सहजकर्ताको क्षमता बिकास नभई शिक्षाको सुधार नहुने भएकाले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।


साथै गाउँपालिकाले बालबिकास सहजकर्ताको तलब ११ हजार ५०० बाट १५ हजार पु¥याएको उहाँले बताउनुभयो ।

Leave a Reply